• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

१८ वर्षमुनिकालाई पनि कोभिड खोप ल्याइँदै


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • नेपालले कोरोनाविरुद्धको खोप लगाउने अभियान अन्तर्गत हालसम्म १ करोड २५ लाख मात्रा खोप प्राप्त गरिसकेपछि पुनः १ करोड मात्रा आयात गर्ने भएको छ । सरकारले पछिल्लो समय प्रौढ र बालबालिकाका लागि थप १ करोड मात्रा खोप ल्याउने तयारी गरेको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि ४० लाख मोडेर्ना र ६० लाख फाइजर ल्याउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले विश्व स्वास्थ्य संगठन क्षेत्रीय समितिको वार्षिक बैठकबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बालबालिकाका ल्याउन लागिएको ४० लाख मात्राको मोडेर्ना खोपको भुक्तानी भइसकेको र ६० लाख फाइजरको लागि भुक्तानी प्रक्रियामा रहेको जनाए ।
    यसअघि ६० लाख चीनबाट भेरोसेल ल्याइएको भए पनि यो पटक भने दुवै खोप अमेरिकाका हु्न ।
    सरकारले हालसम्म खोप लगाउने मापदण्डमा परेका मध्ये १६ प्रतिशत जनसंख्याले पूर्ण मात्राको खोप लगाएको जनाएको छ । मन्त्रालयले असोजको अन्त्यसम्म खोप लगाउने जनसंख्या ३३ प्रतिशत भन्दा बढी पु-याउने लक्ष्य लिए अनुसार हालसम्म ५१ लाख जनाले पूर्ण मात्राको खोप लगाएको जनाएको छ । यसैगरी साढे ५८ लाख जनाले पहिलो मात्राको खोप लगाएका छन् ।
    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले असोज मसान्तसम्ममा एक तिहाइ जनसंख्यालाई खोप लगाउने लक्ष्य सहित खोप कार्यक्रम अघि बढेको बताए । सरकारले हाल विभिन्न विकास साझेदार तथा मित्रराष्ट्र गरी लगभग १ करोड २५ लाख मात्रा खोप प्राप्त गरिसकेको छ । यसमध्ये हालसम्म कोभिशिल्ड खोप ३१ लाख ९१ हजार ४२० प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ । यसरी प्राप्त गरेको कोभिसिल्ड मध्ये भारत सरकारबाट अनुदान प्राप्त ११ लाख र खरिद गरिएको १० लाख रहेको छ । यसैगरी हालै मात्र भुटानबाट २ लाख ३० हजार, जापानबाट कोभ्याक्स सुविधा अन्तर्गत १५ लाख १३ हजार ४२० र कोभ्याक्स सुविधा (गाभी)बाट अनुदान प्राप्त ३ लाख ४५ हजार रहेको छ ।
    नेपालमा सुरुमा कोभिसिल्ड खोप प्रयोगमा आए पनि त्यसपछि चीनबाट अनुदान र खरिद गरी ५८ लाख भेरोसेल खोप खोप प्राप्त भएको मन्त्रालयको भनाइ छ । यसरी चीन सरकारबाट अनुदान प्राप्त १८ लाख र खरिद गरिएका ४० लाख रहेको छ । संयुक्त राज्य अमेरिकाबाट अनुदान प्राप्त एक मात्राको जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० रहेको छ ।
    नेपालमा हाल १८ वर्षमाथिको खोपको लागि योग्य जम्मा जनसंख्या २ करोड २९ लाख १ हजार २५४ रहेको छ । हालसम्म १८ वर्ष उमेर समूह माथि पूर्ण खोप प्राप्त जनसंख्या प्रतिशत १६ रहेको छ । यसरी हेर्दा १८ वर्ष उमेर समूहमाथिको जम्मा जनसंख्यालाई आवश्यक जम्मा खोपको मात्रा ३ करोड ७५ लाख १२ हजार ८०८ रहेको देखिन्छ । कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउनेमा सार्क राष्ट्रमा नेपाल चौथो स्थानमा रहेको छ । भुटानमा पूर्ण रुपमा खोप पाएको ६१ प्रतिशत, माल्दिभ्स ५४ प्रतिशत, श्रीलंका १७ प्रतिशत र नेपाल १६ तथा आंशिक रुपमा खोप पाएको २० प्रतिशत रहेको छ ।

    Advertisement

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.