काठमाडौंबाट विराटनगर जान लागेको दुई जना यात्रु विमानस्थलबाट सुनका गहनासहित पक्राउ परेका छन्।
श्री एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट बिराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका १ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका २ का ४७ वर्षीय मुरारीराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट प्रहरीले ३ किलो ३६० ग्राम सुनका गरगहना बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।
विमानस्थलको आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा एक्स–रे मेसिनमा चेकजाँच गर्दा उक्त सुन फेला परेको हो।
आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक पठाएको प्रहरीले जनाएको छ।
