काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मान्छे बिग्रिएर कांग्रेसले प्रधानमन्त्री पाएको बताएका छन् । बुधबार बुटवलमा आयोजित एमालेको कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
उनले कांग्रेस नेतृत्वको सरकारले विकासका काम देख्न नसकेको बताए । कांग्रेस नेतृत्वको सरकार बुख्याँचा भएको भन्दै बुख्याँचाले जस्तो बाली खान आउनेलाई तर्साउँन समेत नसकेको बताए
अहिलेको सरकार हुती नभएको भन्दै ओलीले विदेशीसँग देशको पक्षमा बोल्न पनि नसक्ने बताए । उनले भने – ‘यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेजी गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छ’
ओलीले आफुले शिलान्यास गरेका सडक, स्वास्थ्यजस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको पनि बताए । ओलीले सरकार गठन भएको दुई महिनामा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना पनि गरे ।
