• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनमा लागुऔषध कारोबारीको सङ्ख्या बढ्दै


  •   बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
  • चितवन : पछिल्ला वर्षहरुमा चितवनमा अवैध लागुऔषध कारोबारीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेका लागुऔषध कारोबारी तथा बरामद गरेको लागुऔषधको तथ्याङ्कबाट समेत चितवनमा लागुऔषध कारोबार बढ्दै गएको प्रष्ट हुन्छ नमस्ते बिहानी साप्ताहिकमा खबर छ ।
    अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भन्दा गत आर्थिक वर्ष २०७७/७८ मा अवैध लागुऔषधमा संलग्न आरोपमा प्रहरीले पक्राउ गरेको मानिसको संख्या बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा चितवनमा लागुऔषध कारोबारमा संलग्न भएको भन्दै प्रहरीले ८५ वटा मुद्दा दर्ता गरेको थियो । ती मुद्दामा संलग्न १२० पुरुष तथा आठ महिला गरी १२८ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
    त्यस्तै गत आर्थिक वर्षमा चितवन प्रहरीले लागुऔषध सम्बन्धी ९५ वटा मुद्दा दर्ता गरेको थियो । अवैध लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा चितवन प्रहरीले अघिल्लो आर्थिक वर्षमा १३६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना बालकसहित १३० जना पुरुष तथा ६ जना महिला रहेका प्रहरीले जनाएको छ । जिल्लामा बर्सेनि लागुऔषध कारोबारीका साथै लागुऔषध प्रयोगकर्ताको संख्या समेत बढ्दै गएको देखिन्छ ।
    अघिल्लो आर्थिक वर्षमा चितवन प्रहरीले विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध लागुऔषधसमेत बरामद गरेको थियो । थापाकाअनुसार चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ११४ किलो ५१६ ग्राम गाँजा, एक हजार मिलिलिटर फेन्सिडिल, पाँच ग्राम चरेस, एक हजार ५१३ ट्याब्लेट नाइट्राजेपाम, २१५ मिलिग्राम खैरो हिरोइन, पाँच एम्पुल तालजेसिक, ९३३ एम्पुल फेनारगन, ८६१ एम्पुल ब्रुफिनर्फिन तथा ६८४ एम्पुल डाइजेपाम बरामद गरेको थियो ।
    चितवन प्रहरीले गत आर्थिक वर्षमा मात्रै ठूलो परिमाणमा अवैध लागुऔषध गाँजासहितका अन्य अवैध लागुऔषधहरु बरामद गरेको थियो । प्रहरीले चितवनबाट ७७२ किलो ३१० ग्राम गाँजा मात्रै बरामद गरेको थियो । त्यसैगरी, प्रहरीले एक हजार ५०० मिलिलिटर ओनेरेक्स सिरप, ७०० मिलिलिटर विरोफ सिरप, ५९ ट्याब्लेट प्रोमाथेजिन, एक हजार ६९६ ट्याब्लेट नाइट्रजेपाम, २२ ग्राम १६८ मिलिग्राम खैरो हिरोइन, एक हजार १४६ एम्पुल फेनारगन, एक हजार २३५ एम्पुल ब्युप्रिनोर्फिन तथा एक हजार २४९ एम्पुल डाइजेपाम बरामद गरेको थापाले जानकारी दिनुभयो ।
    पछिल्लो वर्षहरुमा लागुऔषध कारोबारी तथा दुव्र्यसनीको संख्या बढ्दै गएको भन्दै थापाले यसको रोकथामका लागि अभिभावकसहित समाजका सबै वर्गले प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । लागुऔषध सामाजिक तथा कानूनी अपराध भएको भन्दै यसमा किशोरावस्थाका व्यक्तिहरु बढी फस्ने गरेका थापाले बताउनुभयो । लागुऔषधलाई गाँजाजन्य र अफिमजन्यमा वर्गिकरण गरिएको छ ।
    गाँजा जन्य अन्तर्गत गाँजा चरेस, भाङ आदि पर्दछन् भने अफिम जन्य अन्तर्गत अफिम, मफिर्न, हेरोइन, कोडिन, मेथाडोन, व्यूप्रिनफिर्नजस्ता लागुऔषध पर्दछन् जसलाई प्राकृतिक रूपमा वा परिवर्तित गरी प्रयोग भएका छन । लागुपदार्थको दुव्र्यसनले मानिसको शारीरिक तथा मानसिक दुर्वलता निम्त्याउनुको साथै मस्तिष्क, मुटु र फोक्सोजस्ता संवेदनशील अङ्गहरूमा आघात पारी मानवीय स्वास्थमा नै खराब असर पार्छ ।
    लागु पदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक, र उत्तेजक बनाउने भन्दै प्रहरी नायब उपरीक्षक थापाले यो समाज विरुद्धको गम्भीर खतरा भएको बताउनुभयो । ‘लागुऔषधको अत्याधिक प्रयोगबाट मानिस मानसिक रूपले एकदम बौलाहा जस्तै हुन्छ र लुटपाट, चोरी, डकैती, वेश्यावृत्ति, आत्महत्या, ठगी आदिजस्ता सामाजिक अपराधहरूमा सम्मिलित हुन्छ’ थापाले भन्नुभयो, ‘पछिल्लो समय किशोरावस्थामा पारीवारिक÷सांस्कृतिक तथा सामाजिक वातावरण राम्रो नहुनु, देखासिकी गर्नु, एक्लोपन महसुस गर्नुलगायतका कारण लागुऔषध दुव्र्यसनीमा फस्ने गरेका छन् ।’
    लागुऔषध विरुद्ध प्रहरीले विभिन्न कानूनी र सचेतनामूलक कार्यक्रम गर्दै आएको थापाले बताउनुभयो । विद्यालय तथा समुदायमा अन्तरक्रिया तथा गाँजा खेती नष्ट गर्नेदेखि अन्य कामहरुसमेत लागुऔषध नियन्त्रणका लागि प्रहरीले गर्दै आएको थापाको भनाइ छ ।

    Advertisement

    बिहिबार, भदौ ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.