अब चाडै नै सेन्ट्रल कलेजले थप दुई ब्रान्च खोल्दै । कलेजले का प्रिन्सिपल यज्ञविलास (वाईवी) पौडेल ज्युले अब सेन्ट्रल कलेजले नया साखा बर्धघट र दमौलीमा रहने बताउनु भयो ।
सन् २०१० मा स्थापना भएको यस कलेजको प्रधान कार्यलय काठमाडौं पुतली सडकमा रहेको छ । यसको मुख्य शाखा कार्यालय सहिदचोक नारायणगढमा रहेको छ । यसबाहेक चितवनकै चनौली, पार्वतीपुर, माडी, रत्ननगर, खैरहनीमा पनि यसका शाखाहरु छन् । झन्डै १० वर्षदेखि सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई जापानिज भाषाको कक्षा र आवश्यक परामर्श दिँदै आइरहेको छ । गुणस्तरीय जापानिज भाषा कक्षा र परामर्श दिँदै आएको सेन्ट्रल कलेजले स्थापनाकालदेखि नै विद्यार्थीहरुको मन जितिरहेको छ ।
नेपालबाट थप अध्ययनका लागि विभिन्न देश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कलेजले शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । कलेजले जापान जाने विद्यार्थीहरुका लागि लक्षित गर्दै जापानकै प्रशिक्षकबाट भाषा तालिम समेत प्रदान गर्दै आएको छ ।
पछिल्लो केही वर्ष यता शिक्षासँगै रोजगारीको अवसर समेत प्रशस्त पाईने भएकाले नेपाली विद्यार्थीहरूको रोजाईमा जापान अग्रनी स्थानमा पर्दै आएको छ । नेपालमै शैक्षिक परामर्शका लागि अग्रणी स्थानमा रहेको कलेज विगत १० वर्ष देखि आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।
