काठमाडौं । चीनबाट कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप भेरोसेल नेपाल आउँदैछ । सरकारले खरिद गरेको ४४ लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप चीनबाट आउन लागेको हो ।
खोप लिन बिहिबार नेपाल वायुसेवा निगमको विमान बेइजिङ उडेको थियो । यो खोप आएलगत्तै तुरुन्तै निश्चित उमेर समूहलाई लगाउन सुरु गरिनेछ ।
हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेकोले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिनेछ। हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको बतायएको छ ।
