• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एमसीसी प्रतिस्पर्धाबाट प्राप्त गरेको ५५ अर्ब अनुदान हो, नलिए अन्तर्राष्ट्रिय समुदायमा नेपालमाथि प्रश्न उठ्न सक्छ


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत सरकारलाई आएको अमेरिकाको अनुदान सहयोगका विषयमा यतिखेर नेपालमा पक्ष र विपक्षमा विभिन्न तर्कहरु भइरहेका छन् । झण्डै ५५ अर्ब रुपैयाँ बराबरको प्रसारण लाइन र सडक निर्माणका लागि नेपाललाई सहयोग गर्न अमेरिका तयार छ ।

    Advertisement

    नेपाल विकासको एक विकास साझेदार अमेरिकासँग नेपालको सम्बन्ध ७० वर्षभन्दा पुरानो छ । अमेरिकाले नेपाललाई भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानीलगायतका क्षेत्रमा धेरै अघिदेखि सहयोग गर्दै आएको छ ।

    यतिखेर एमसीसीका विषयमा सही सूचनाभन्दा पनि नागरिकमा भ्रम सिर्जना गर्ने खालका तर्कहरु बजारमा आएका छन् । नेपालजस्तो विकासोन्मुख देशको लागि यो राम्रो होइन ।

    अमेरिकाले दिने ५५ अर्ब रुपैयाँ अनुदान नेपाल सरकारको वैदेशिक अनुदान नीतिअनुसार नै नेपालले माग गरेर आएको परियोजना हो । त्यसैले पनि यो परियोजनामा प्रत्यक्ष वा अप्रत्यक्ष कुनै स्वार्थ नभएको अमेरिकाले स्पष्ट पारिसकेको छ र नेपाल सरकार पनि त्यसमा प्रष्ट नै छ ।

    वैदेशिक सहयोग लिने नेपालको नीति नै हो । नेपालले विगतमा पनि विभिन्न क्षेत्रमा वैदेशिक सहयोग लिएको छ र लिँदै पनि आएको छ । त्यसैले पनि अहिले एमसीसी परियोजनाको अनुदान लिने कि नलिने भन्ने बहस आवश्यक छैन । यस परियोजनाका बारेमा अहिले नकारात्मक कुराहरु सिर्जना गरेर प्रचार गर्नु नेपालजस्तो तेस्रो विश्वको देशका लागि राम्रो होइन ।

    यहाँसम्म कि यो परियोजना नेपालले स्वीकार गर्यो भने नेपालमा अमेरिकी सेना आउने, यो वैदेशिक अनुदान सम्झौता नेपालको संविधानभन्दा माथि हुने, एमसीसीमार्फत लागू हुने परियोजनास्थलमा कोही पनि जान नपाउने भन्नेजस्ता प्रचार गरिएको छ । यस्ता विषय परियोजनामा पनि कतै उल्लेख छैन र स्वयं नेपाल सरकारका प्रश्नमा उक्त आयोजनाबाट पनि यी विषयमा स्पष्ट जवाफ आइसकेको छ ।

    अमेरिका धेरै अघिदेखि नेपालको सहयोग साझेदार हो र उसको सैनिक स्वार्थ नेपालमा छैन भन्ने स्पष्ट नै छ । त्यसैले पनि नेपालका जिम्मेवार राजनीतिक दलहरु नेपालको वैदेशिक सहायता नीति तथा विदेश नीतिजस्ता संवेदनशील विषयमा गम्भीर हुनु जरुरी छ ।

    नेपालका लागि प्राप्त पछिल्लो समयको एउटा सबैभन्दा ठूलो अनुदान सहयोग हो एमसीसी । ५५ अर्ब रुपैयाँ बराबरको यो अनुदान सहयोग नेपालले कति प्रभावकारी रुपमा कार्यान्वयन गर्छ त्यसले भोलिका दिनमा अन्य वैदेशिक सहयोग आउने सम्भावनालाई थप बलियो बनाउने हो ।

    यो परियोजना बिना विवाद सफल कार्यान्वयन गर्न सकियो भने अन्तर्राष्ट्रिय समुदायमा परियोजना कार्यान्वयनमा नेपालको सकारात्मक प्रभाव पढ्ने देखिन्छ । एमसीसीको सफलताले नेपालका विभिन्न क्षेत्रमा अन्य मुलुकको अनुदान सहयोग पनि अवश्य रुपमा बढ्छ ।

    यो परियोजना नेपाल आफैँले माग गरेर ल्याएको हो । यसरी आफैँले माग गरेर र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुदान प्राप्त गरेको एमसीसी अघि बढाउन सकिएन भने अन्तर्राष्ट्रिय समुदायमा नेपालको क्षमतामा प्रश्न उठ्न पनि सक्छ । यसले नेपाल सरकारले विसं २०४६ पछि लिएको वैदेशिक लगानीको नीतिमा समेत असर गर्न सक्ने देखिन्छ ।

    अहिले एमसीसी एउटा परियोजना मात्रै नभई अन्तर्राष्ट्रिय समुदायले नेपालको परियोजना कार्यान्वयनको क्षमताको रुपमा पनि यसलाई हेरेको हुन सक्छ । तसर्थ एमसीसीका विषयमा दलहरुले गम्भीररुपमा नसोच्ने हो भने हामीले अबलम्वन गरेको खुला बजार नीतिमा पनि यसले असर गर्न सक्छ ।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एमसीसी परियोजना नेपालका राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति जुटाएर पास गर्नुपर्ने धारणा राख्छन्। हालै गोरखामा पत्रकारसँग उनले भने, “राजनीतिक दलहरुले छिटोभन्दा छिटो सहमति कायम गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुनेछ ।” जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका उनले आफ्नो पार्टीको मात्र निर्णयले नहुने भएकाले सर्वदलीय सहमति जुटाएर यो परियोजना पास गर्नुपर्ने धारणा उहाँले पहिल्यैदेखि राख्दै आएका छन ।

    पूर्वअर्थमन्त्री डा रामशरण महत एमसीसी नेपालको अत्यावश्यकताको आयोजना हो भन्छन्। उनले यसलाई अमेरिकाको सैन्य रणनीतिसँग तुलना गरेर अभिव्यक्ति दिनु भनेको दुस्प्रचारबाहेक अरु केही होइन भने ।

    एमसीसी हामीले आफ्नो खाँचो र आवश्यकताका आधारमा अनुरोध गरी आएको आयोजना हो भएको भन्दै उनले तर पनि कतिपय मानिसले यसलाई राजनीतिक एजेण्डा बनाउनु दुःखद् हो भन्छन ।

    पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महत विकास निर्माण र नेपाललाई दाताहरुले दिने अनुदान सहयोगमा पनि सरकारमा छँदा एउटा र प्रतिपक्षमा पुग्दा अर्कै धारणा राख्नु दुःखद् हो भन्छन् । उनले भने, “हामी कुनै पनि देशको सहयोग अनुदान लिन्नौँ भन्न सक्छौँ त ? सक्दैनौँ । अनि लामो समयको प्रयासबाट आएको यो अमेरिकी सहयोगमा पनि सत्तापक्ष र प्रतिपक्षमा बाँडिएर हामीले यसरी आयोजनालाई किन विवादित बनाइरहेका छौँ ? उनको प्रश्न थियो । यस्ता कार्यबाट दाताहरुले हामीलाई हेर्ने दृष्टिमा पनि नराम्रो प्रभाव पर्नसक्ने उनको धारणा छ ।

    राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी एमसीसी सम्झौता विवादित नभएर नियतबस विवाद सिर्जना गरिएको बताउँछन् । उनले यो परियोजनालाई जबर्जस्ती विवादित बनाइएको भन्दै बजारमा नकारात्मक उत्तेजना फैलाएर जनतालाई भड्काउने र आफूप्रति ध्यानाकर्षित गरेर भोट मात्र लिने चलाखी यहाँको राजनीतिको परम्परा नै बसेको बताए ।

    एमसीसी परियोजना यस्तै राजनीतिक दल र नेताहरुको शिकार हुन पुगेको उनको धारणा छ । उनी अहिलेको अवस्थामा एमसीसीको विरोध भनेको सडकमा व्यक्त गर्ने उत्तेजना मात्र हो भन्छन् । सुवेदी भन्छन्,“३० दिनअघि सूचना दिएर जसले पनि त्यो सम्झौता तोड्न सक्ने प्रावधान रहेकाले यदि सरकारले चाह्यो भने त्यसरी नै तोड्दा भइहाल्छ नि ।”

    नेपालको जलविद्युत् क्षेत्रको व्यापारमा यो परियोजना एक एउटा कोसेढुङ्गा भएको जानकार बताउँछन् । जसरी १९९६ मा अरुण तेस्रो जलविद्युत् आयोजनाको विरोध गरेको नेकपा (एमाले) ले पछि आफूले भुल गरेको स्वीकार गर्यो र नेपालले सो परियोजना करिब दुई दशकपछि पुनः अघि बढायो ठीक त्यसरी नै भोलि यो एमसीसी परियोजनामा अहिले देखिएको विरोध पनि भोलि पछुताउनुपर्ने हुन पनि सक्छ ।

    त्यसैले यस्ता विषयमा हरेक राजनीतिक दलहरुले अहिले नै राम्रोसँग बुझ्नु जरुरी छ । एमसीसीबारे बाहिर आएका दुस्प्रचारका विरुद्ध कम्तीमा राष्ट्रिय राजनीतिक दलहरु एकजुट हुनु जरुरी देखिन्छ ।

    नेपालका दलहरुको राष्ट्रिय हितको विषयमा एक ठाउँमा उभिने मौलिक विशेषताको यतिखेर खाँचो छ । एमसीसीका विषयमा पनि अब मुख्य राजनीतिक दलबीच एकता आवश्यक छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गर्दा जसरी राजनीतिक दलहरुमा राष्ट्रिय सहमति देखिएको थियो अहिले पनि त्यो आवश्यक छ ।

    यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको एकताको अभ्यास र लोकतन्त्रको प्रशंसा हुनेछ भने अर्कातर्फ दलहरुबीच जनताको भरोसा पनि बढ्नेछ । मुलुकको भावी विकासका रेखाहरु कोर्न महत्वपूर्ण सहयोग पुर्याउने यो परियोजनालाई यसरी पटक पटक गिजोलिराख्नुभन्दा अहिले नै राष्ट्रिय सहमतिको निर्माण गरेर पास गर्नु नै राम्रो हुनेछ ।

    यसका लागि त्यति ठूलो समस्या पनि देखिँदैन । नेपाली कांग्रेस यस विषयमा स्पष्ट छ । कांग्रेसका सभापति शेरबहादुर देउवा हिजो प्रमुख प्रतिपक्षी रहँदासमेत यसको पक्षमा नै थिए र अहिले पनि एमसीसी पास गर्नुपर्ने अडानमा छन् ।

    त्यस्तै अहिलेको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली हिजो प्रधानमन्त्री हुँदा एमसीसी संसद्मा पास गर्न तयार थिए भने अहिले पनि यसको विरोधी हुदैनन्। उनले अहिले पनि एमसीसी पास गर्नुहुँदैन भनेका छैनन् । यही समझदारीबाट अघि बढ्दै विगतमा जस्तै राष्ट्रिय आवश्यकताका विषयमा राष्ट्रिय राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति निर्माण हुनु जरुरी देखिन्छ । रासस

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.