• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ब्याजदर वृद्धि अल्पकालीन मात्र हो, वर्षभरि जाँदैन


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • ब्याजदर बढ्न थालेको छ । अहिलेको अवस्थामा ब्याजदर बढ्नुपर्ने वा नबढ्नुपर्ने,  ब्याजदर वृद्धि ठीक हो वा होइन भन्ने कुरा आँकडाहरूबाट हेर्नुपर्ने हुन्छ । बैंकिङ क्षेत्रमा अघिल्लो वर्ष ९ सय अर्ब रुपैयाँ कर्जा गयो । कोरोनाको दोस्रो लहरका कारण ३ महिना हामीले खासै काम गर्न पाएका थिएनौं । ८ देखि ९ महिनाका बीचमा बैंकहरुबाट धेरै कर्जा प्रवाह भयो । गत वर्षको दोस्रो त्रैमासपछि कर्जाको वृद्धिदर धेरै भएको थियो ।

    Advertisement

    नेपाल राष्ट्र बैंकले पुँजी, कर्जा, निक्षेप अनुपात (सीसीडी) रेसियो ८५ प्रतिशत असारसम्मलाई कायम गरेको थियो । त्यही भएर कर्जा ह्वात्तै बढ्दै गयो । त्योअनुसारको निक्षेप बढेन ।कर्जाको माग हुँदा ब्याजदर सस्तो खोजिन्छ । निक्षेप बढाउँदा ब्याजदर धेरै खोजिन्छ ।  यसमा सन्तुलन हुन सकेको थिएन ।

    त्यसबेला बैंकहरूले विभिन्न किसिमको वित्तीय औजारहरूको प्रयोग गरेको देखिन्छ । वैदेशिक मुद्राको ऋण पनि बढेको छ । केन्द्रीय बैंकले गत वर्ष २० प्रतिशतसम्म ‘टपअप’  गर्न सक्छौं भनेको थियो । ऋण र स्वपुँजी (डेब्ट र इक्विटी)  अनुपातलाई त्यसबेला छुट दिएको थियो । कोभिडबाट रिकभरि हुन आवश्यक परेमा २० प्रतिशत कर्जा ओभर ड्राफ्ट र टर्मलोनमा थप गर्न सकिन्छ भनेको थियो ।

    त्यसले गर्दा पनि बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाह बढाउन सहजता भयो । जुन रुपमा ऋण लगानी बढ्यो, त्यहीअनुसारको स्रोत परिचालन पुगेन । राष्ट्र बैंकले यो वर्ष पनि कर्जा वृद्धि १९ प्रतिशत हुने भनेको छ । त्यो भनेको करिब ८ सय अर्ब रुपैयाँ कर्जा बढ्नुपर्छ ।

    त्यसका लागि स्रोत बढ्नुपर्छ । केन्द्रीय बैंकले सीसीडी रेसियो ८५ प्रतिशत असारसम्म गरेको थियो । असारपछि पनि सीसीडी ८५ प्रतिशत भइरहन्छ भन्ने स्पष्ट थिएन । तर, सीसीडी ८५ प्रतिशत निरन्तर भइरहन्छ भन्ने सोचले बैंकहरूले दिनसक्ने क्षमताभन्दा बढी कर्जा दिए ।

    बैंक तथा वित्तीय संस्थाहरुले यो सीमा असार मसान्तसम्म मिलाउनु पथ्र्यो । कोभिडको असर जारी रहेकाले यसको निरन्तरता रहन्छ भनेर बैंकहरूले कर्जा घटाएनन् । त्यसैले यो वर्षको कर्जा जानमा स्रोतको समस्या देखिन थाल्यो । आन्तरिक स्रोत भनेको निक्षेप हो ।

    केन्द्रीय बैंकले सीसीडी रेसियो ८५ प्रतिशत असारसम्म गरेको थियो । असारपछि पनि सीसीडी ८५ प्रतिशत भइरहन्छ भन्ने स्पष्ट थिएन । तर, सीसीडी ८५ प्रतिशत निरन्तर भइरहन्छ भन्ने सोचले बैंकहरूले दिनसक्ने क्षमताभन्दा बढी कर्जा दिए । बैंक तथा वित्तीय संस्थाहरुले यो सीमा असार मसान्तसम्म मिलाउनु पथ्र्यो । कोभिडको असर जारी रहेकाले यसको निरन्तरता रहन्छ भनेर बैंकहरूले कर्जा घटाएनन् । त्यसैले यो वर्षको कर्जा जानमा स्रोतको समस्या देखिन थाल्यो । आन्तरिक स्रोत भनेको निक्षेप हो ।

    निक्षेप हुन कमाइ पनि बढ्नुपर्छ । कमाइ हुन रोजगारी सिर्जना हुनुपर्यो, व्यापार व्यवसाय चलायमान हुनुपर्यो, सरकारले नयाँ रोजगारीको सिर्जना गर्नुपर्यो । सरकारले निर्माण गतिविधि बढाउनु पर्यो । निर्माण कार्य बढाउँदा सर्वसाधारणको हातमा पैसा पुग्छ । त्यसले ‘मास पब्लिकको’  निक्षेप बढ्छ । अघिल्लो वर्ष कोभिडका कारण बजारमा मान्छे गएनन् । सामान किनेनन् । ‘रिटेल फुटफल’ भएन र पैसा त्यत्तिकै बसिरहेको थियो ।

    तर, यो वर्ष कोभिडको संक्रमण घट्न थालेपछि सबै बजार खुल्यो र दसैं पनि आउन लाग्यो । मान्छेको गतिविधि बढ्यो र खर्च हुन थाल्यो । दसैंमा सामान खरिद गर्ने भएकाले यसैलाई लक्षित गरी वस्तु आयात बढ्यो । दसैंमा ४० प्रतिशत कारोबार हुने गरेको छ । दुई महिनाको तलब आएकाले मान्छेले परम्पराका कारणले खर्च गर्ने बेला हो । यो संसारभरि हुन्छ । यसै बेला राजस्व पनि ह्वात्तै बढेको छ ।

    उपभोक्ताले गत वर्ष भएको बचत खर्च गरेको, निक्षेप बढाउन रोजगारी सिर्जना नहुने, सरकारको खर्च नहुने प्रवृत्तिले देखियो । अझै पनि सरकारको राजस्वको आधार आयातमा आधारित छ । आयात बढ्ेपछि राजस्व पनि बढ्यो र ढुकुटीमा थन्कियो । अहिले आयात बढेपछि सरकारको राजस्व संकलन पनि वृद्धि भएको छ । यहाँ राजस्व बुझाउन पनि बैंकबाट ऋण लिने गरिन्छ ।

    राजस्व तिर्न बैंकबाट ऋण लिनुपर्ने, उपभोक्ताले पनि दसैंका लागि सामान किन्न बैंकबाट पैसा झिक्ने, रोजगारी सिर्जना नहुने यी सबै कारणले गर्दा निक्षेप परिचालनको स्रोत खुम्चियो । तर, भएको सीमित स्रोतलाई सबैतिरबाट च्याप्ने काम भयो ।

    यो अवस्थाले गर्दा बैंकहरूलाई ब्याजदर बढाउनु पर्ने अवस्था आयो । अहिले ब्याजदर बढ्न थाल्यो । चालू आर्थिक वर्षमा कर्जाको माग कस्तो रहन्छ त्यो हेर्न बाँकी छ । अहिले क्षणिक रूपमा निक्षेपमा दबाब बढ्ने समय हो । जुनसुकै वर्षमा पनि बैंकलाई यो समयमा दबाब हुने गरेको थियो । अघिल्लो वर्ष कोभिडले भएन । यो वर्ष सुरु भइसक्यो ।

    अहिलेको अवस्था हेर्दा ब्याजदर वर्षभरि बढ्ने अवस्था देखिँदैन । कर्जाको माग पनि पोहोर सालको जस्तो हुन्छ भन्ने पनि छैन । पोहोर साल गएको कतिपय कर्जा रिकोभरि योजनामा जानुपर्ने हुन सक्छ । राष्ट्र बैंकले अहिले दिएको सहुलियत अर्को वर्ष निरन्तर हुँदैन । त्यो नभएपछि रिकोभरिमा जानुपर्ने अवस्था पनि आउन सक्छ । यसपछि ब्याजदर सन्तुलनमा आउँछ ।

    मेरो आँकडामा ब्याजदर वर्ष दिनभरि बढ्दैन । यद्यपी कर्जाको ब्याजदर बढ्ने संभावना रहन्छ । बैंकहरूको नाफा कमाउने बाटाहरू खुस्किँदै गयो । सेयर बजारबाट पनि बैंकहरूले कमाइरहेका थिए । राष्ट्र बैंकले एक वर्ष नभइकन सेयर बिक्री गर्न नपाइने भन्दै बैंकलाई अंकुश लगायो । यसले गर्दा सेयर बजारमा भएको लगानी अड्कियो । बैंकहरूले सेयरमा करिब २०० अर्ब रुपैयाँ लगानी गरेका छन् । त्यो लगानी सबै त्यतै अड्कियो । लगानी फिर्ता गरेर बजारमा लगाउन नसक्ने अवस्था आयो । यसले पनि बजारमा तरलतामा संकुचन ल्यायो ।

    राजस्व तिर्न बैंकबाट ऋण लिनुपर्ने, उपभोक्ताले पनि दसैंका लागि सामान किन्न बैंकबाट पैसा झिक्ने, रोजगारी सिर्जना नहुने यी सबै कारणले गर्दा निक्षेप परिचालनको स्रोत खुम्चियो । तर, भएको सीमित स्रोतलाई सबैतिरबाट च्याप्ने काम भयो । यो अवस्थाले गर्दा बैंकहरूलाई ब्याजदर बढाउनु पर्ने अवस्था आयो । अहिले ब्याजदर बढ्न थाल्यो । चालू आर्थिक वर्षमा कर्जाको माग कस्तो रहन्छ त्यो हेर्न बाँकी छ । अहिले क्षणिक रूपमा निक्षेपमा दबाब बढ्ने समय हो । जुनसुकै वर्षमा पनि बैंकलाई यो समयमा दबाब हुने गरेको थियो । अघिल्लो वर्ष कोभिडले भएन । यो वर्ष सुरु भइसक्यो ।

    छोटो अवधिमा सेयर बेचेर बैंकले पैसा निकाल्न सक्थ्यो । सेयर बेच्न नपाउँदा पनि तरलतामा दबाब सिर्जना भयो । यस्ता नीतिले तरलतामा समस्या ल्यायो । त्यहाँ भएको पैसा चलायमान भएन ।  यसले गर्दा नीतिगत व्यवस्थामा हाम्रो कमजोरी देखिएको छ । एउटा घटनालाई हेरेर केन्द्रीय बैंकले नीति बनाउने गरेको छ । तर, त्यसले भविष्यलाई हेरिँदैन । सीसीडीबाट हामीले सीडी ल्यायौं । तर, त्यसमा पूर्णरूपमा नेपाली रुपैयाँमा गएको कर्जालाई मात्र राखेको भए हुन्थ्यो ।

    विदेशी मुद्रामा गएको कर्जा पनि राखियो । सीडी कसिलो हुन गयो । विदेशी मुद्राको निक्षेप १२२ अर्ब रुपैयाँ देखिन्छ । तर, राष्ट्र बैंकको नीतिअनुसार गणना गर्न योग्य निक्षेप ४२ अर्ब रुपैयाँ मात्र छ । जबकि कर्जा १५२ अर्ब रुपैयाँ छ । त्यहाँनेर पनि केही ‘फ्रि’ हुने स्पेश थियो । विदेशी मुद्रामा गएको कर्जा पनि जोडिदिनाले बैंकहरुलाई समस्या आयो ।

    विदेशी ऋणलाई पनि सीडीमा जोड्नाले त्यहाँबाट १०० अर्ब रुपैयाँ च्यापियो । यता सेयर बेच्न नदिँदा २०० अर्ब रुपैयाँ होल्डमा बस्यो । ३०० अर्ब रुपैयाँ चलायमान हुनसक्ने अवस्था थियो । त्यसमध्ये १०० अर्बलाई कर्जामा मान्दा पनि २०० अर्ब रुपैयाँ सेयर बजारमा गएको लगानीलाई झिक्न दिएको भए बैंकमा तरलताको अवस्था केही सहज हुन सक्थ्यो ।

    बैंकहरुले सबै सेयर बेचे भने आपूर्ति बढेर बजार झन तल जान्छ । एक किसिमले हेर्दा बैंकहरूलाई सेयर बेच्न नदिएर बजारलाई व्यस्थित पनि गरेको छ भने तरलताई दबाबमा पनि राखेको अवस्था छ । त्यसैले केन्द्रीय बैंकले भविष्यलाई हेरेर नीति बनाउनुपर्छ ।

    हिजो भएको कमीकमजोरीलाई मिलाउने गरी नीति बनाउँदा त्यसले भविष्यलाई असर गर्छ ।  हिजो भएको कमीकमजोरीलाई सुधार गर्नका लागि आगामी दिनको नीति बनाउने गरिएको छ । यो राष्ट्र बैंकको कमजोरी हो । हिजो भएको कुरा बितिसक्यो । हामीले हिजो के गर्यौं भनेर हेरिरहनु पर्दैन ।

    जोखिम बढाउने संस्थाहरूलाई कारबाही गर्नुपर्छ । कुनै बैंक तथा वित्तीय संस्थाले उत्तेजित भएर कारोबार गर्छ भने त्यसलाई रोक्नुपर्छ । आजको नीतिले आगामी ५ वर्षमा कस्तो असर पार्छ भन्ने दीर्घकालिन सोच आवश्यक छ । ६ महिनामा ब्याजदर कति बढ्छ र घट्छ भन्नेमा चिन्ता होइन ।

    आजको ५ वर्षपछि ब्याजदर के हुन्छ ? भन्नेमा केन्द्रीय बैंक चिन्तित हुनुपर्छ । विश्व बजारमा ब्याजदर घट्दै गएको छ भने हाम्रोमा बढ्दो छ । यस्तो अवस्थामा विश्व बजारसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । अहिले वस्तु उत्पादन गर्नुभन्दा आयात  गर्दा सस्तो पर्छ । आयात सस्तो हुँदा हामीसँग विदेशी मुद्रा सञ्चिति कम हुन्छ ।

    बैंकले असोज १ गतेदेखि ब्याजदर बढाएर १० प्रतिशत पुर्याएभन्दा पनि आर्थिक वर्षको अन्ततिर कति पुर्याउने छन् भन्ने मुल कुरा हो । मैले आजभन्दा ६ महिनाअघि एउटा प्रक्षेपण गरेको थिएँ । अगष्टको अन्तमा आएर ब्याजदर १० प्रतिशतमाथि जाने अनुमान गरेको थिएँ । त्यसबेला ब्याजदरको संरचना कस्तो हुन्छ भन्ने मेरो प्रक्षेपण थियो ।

    केही समय ब्याजदर दोहोरो अंकमा पुग्ने संभावना छ । तर, आर्थिक वर्षभरि यही अवस्था रहँदैन । बैंकहरूको औसत स्प्रेडदर राष्ट्र बैंकले तोकेको भन्दा कम अर्थात ३.५ प्रतिशत छ । स्पेश भएकाले बैंकहरूले स्प्रेडदर बढाएर ४.४ प्रतिशत पुर्याउन सक्छन् । ब्याजदर १ प्रतिशत विन्दु त्यसै पनि बढाउन सक्ने देखिएको छ । कर्जामा २ प्रतिशत बढ्यो भने निक्षेपमा १ प्रतिशत मात्र हुन सक्छ ।

    केही समय ब्याजदर दोहोरो अंकमा पुग्ने संभावना छ । तर, आर्थिक वर्षभरि यही अवस्था रहँदैन । बैंकहरूको औसत स्प्रेडदर राष्ट्र बैंकले तोकेको भन्दा कम अर्थात ३.५ प्रतिशत छ । स्पेश भएकाले बैंकहरूले स्प्रेडदर बढाएर ४.४ प्रतिशत पुर्याउन सक्छन् । ब्याजदर १ प्रतिशत विन्दु त्यसै पनि बढाउन सक्ने देखिएको छ । कर्जामा २ प्रतिशत बढ्यो भने निक्षेपमा १ प्रतिशत मात्र हुन सक्छ ।

    केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था र मिडियाहरुले अब ब्याजदर बढ्छ भन्ने कुरा बाहिर ल्याए । के–के कारणले तरलतामा ब्लक भइरहेको छ । कुन–कुन चिज फुकाउनु पथ्र्यो भन्नेमा नगई ब्याजदर बढ्छ भन्ने प्रचारमा केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था सबै गयौं । ब्याजदर बढ्छ भनेपछि सबै तयार भए ।  बजारले स्वीकार गर्यो ।

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.