• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

६६ दिनसम्म किन विस्तार भएन मन्त्रिपरिषद् ? कार्यदलले दिएको जिम्मेवारी शीर्ष नेताले सकेनन्


  •   शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
  • काठमाडौं – असार २९ गते पद तथा गोपनियताको सपथ लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको आज ६६ दिन  पुग्यो । सुरुमा ५ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवाले त्यसमा एक जना राज्यमन्त्री थपे । अहिले २५ वटा मन्त्रालय यिनै ६ जनाले चलाइरहेका छन् । मन्त्रिपरिषद् विस्तार गर्न पटक पटक बैठकहरु नबसेको होइन । तर हालसम्म टुंगो लागेको छैन ।

    Advertisement

    बिहीबार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्यो । बैठकमा मन्त्रालयका विषयमा सहमति जुट्न सकेन । लामो प्रयास गर्दा पनि शीर्ष नेताले मन्त्रालयको बाँडफाँड टुंग्याउन नसकेपछि सरकार सञ्चालनमा सहजीकरण गर्न गठन गरिएको कार्यदलको जिम्मा लगाइएको छ । ‘मन्त्रालयको संख्या कुन दलले के आधारमा कति लिने भन्ने विषय टुंगो लगाउने कार्यदललाई नै दिएका छौं,’ बैठकमा सहभागी एक शीर्ष नेताले भने ।

    यसअघि कार्यदलले मन्त्रालयको बाँडफाँड तथा मन्त्री टुंग्याउने जिम्मा शीर्ष नेतालाई नै दिएको थियो । तर शीर्ष नेताहरु कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले टुंगो लगाउन नसकेपछि फेरि यसको जिम्मेवारी कार्यदलमा नै फर्केर आइपुगेको छ ।

    कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित कार्यदलमा मीनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देव गुरुङ, राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सदस्य छन् । अब यो कार्यदलले मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउनेछ ।

    किन ढिलाई?
    कांग्रेस नेता प्रदीप पौडेल गठबन्धनका दलहरुबीच समझदारी हुन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताउँछन् । ‘कांग्रेसभन्दा गठबन्धनका आबद्ध दलहरुका बीचमा समझदारी हुन नसकेको, दलहरुले आपसमै मन्त्रीको चयन गर्न नसकेको, दलसम्बन्धी अध्यादेश निष्क्रिय हुन नसकेको अवस्था हो,’ उनले भने, ‘मुख्यगरी कांग्रेसभन्दा सरकारमा आबद्ध दलहरुको समस्याका कारण ढिलाई भएको हो ।’ तत्काल मन्त्रिपरिषदले पूर्णता पाउनुपर्ने पौडेलको जोड छ  ।

    माओवादी केन्द्रका नेता चन्द्रपाणी खनाल दलहरुबीच सहमति नभएकैले विस्तार हुन नसकेको बताउँछन् । ‘छलफल चलिरहेको छ । दलहरुको बीचमा सहमति हुनुपर्‍यो । केही अफ्ठ्याराहरुको समाधान गरौं भनेर ढिलाई भएको हो,’ उनले भने । अलिकति भागवण्डामा पनि समस्या देखिएको उनको स्विकारोक्ति छ । तर छिटोभन्दा छिटो विस्तार गर्नेगरी छलफल भइरहेको उनले बताए । ‘दलहरुको पार्टीभित्रको आन्तरिक समस्या हो । अन्य केही कारणले गर्दा पनि रोकियो । अब छिट्टै एकाध दिनभित्र हुन्छ,’ उनले भने ।

    खनालले मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा माओवादी केन्द्रभित्र समस्या नभएको दाबी गरे । कांग्रेसभित्र पनि समस्या नभएको तर माधव नेपाल र उपेन्द्र यादवको पार्टीभित्र समस्या देखिँदा ढिलाई भएको उनको भनाइ थियो ।

    शुक्रबार, असोज ०१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.