काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि यूएईका राजदूत सइद हम्दन अल–नाक्बीबीच भेटवार्ता भएको छ । शुक्रबार ऊर्जामन्त्री भुसाल र यूएईका राजदूत अल–नाक्बीबीच भएको भेटवार्तामा दुई देशको सम्बन्धका विभिन्न बिषयमा छलफल भएको छ ।
उक्त भेटमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार भएको र सम्बन्ध पनि राम्रो हुँदै गएको बताए । यस्तै मन्त्री भुसालले पनि रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली रहेको भन्दै सम्मानजनक सुविधा पाउनेमा विश्वास व्यक्त गरिन् ।
भेटमा राजदूत अल–नाक्बीले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधाबीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन मन्त्री भुसाललाई आग्रह गरे । साथै उनले मन्त्री भुसाललाई यूएई सरकारको निमन्त्रणापत्र पनि हस्तान्तरण गरे । निमन्त्रणापत्र पाएपछि मन्त्री भुसालले त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरिन् ।
