• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

बौद्धको मुकुम इन्टरनेसनल बन्यो चारतारे ‘सिद्धार्थ बुटिक होटल’


  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं । बौद्धको सिमलटारमा रहेको तीनतारे स्तरको मुकुम इन्टरनेसनल होटल अब चारतारे स्तरको ‘सिद्धार्थ बुटिक होटल’ को रुपमा परिणत भएको छ । मेचीदेखि महाकालीसम्म चेन होटल सञ्चालन गर्दै आएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले असोज १ गतेदेखि पूर्णरुपमा सो होटल ‘सिद्धार्थ बुटिक होटल’ सञ्चालनमा ल्याएको छ ।

    Advertisement

    कर्णाली क्षेत्रका लगानीकर्ताहरूले सो होटल सन् २०१८ बाट सञ्चालनमा ल्याएका थिए । कोभिडको कारण समस्यामा परेपछि केही समय बन्द भएको सो होटललाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले पुनः सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले जानकारी दिए ।

    ‘हामीलाई काठमाडौंमा एउटा स्तरीय प्रोपर्टी चाहिरहेको थियो, सीईओ न्यौपानेले भने, शान्त, हरियाली, प्रशस्त खुलाठाउँ भएकाले हामीले लिएर सञ्चालनमा ल्याएका हौं।’ भैरहवामा निर्माण भइरहेको पाँचतारे होटलकै शाखाका रुपमा यसलाई विस्तार गरी  बुद्धिष्ट सर्किटमा आउने पर्यटकहरूलाई पनि प्राथमिकता दिइएको उनको भनाइ छ ।

    सिद्धार्थ ग्रुपले होटलको जिम्मा लिएपछि १० वटा कोठा, बैंक्युट हल र रेष्टुराँहरू थप गरेको छ । अब होटलमा ५० बढी कोठा पुगेको छ भने तीनवटा हल, बोर्ड बैठकका लागि छुट्टै हलको समेत व्यवस्था गरिएको छ ।

    १० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको सो होटल सिद्धार्थ ग्रुपले लिएको हो । कलात्मक शैली झल्किने गरी होटलको डेकोरेसन गरिएको छ । वातावरण नै शान्त भएकाले बढी मात्रामा बुद्धिष्ट कल्चरलाई झल्कने खालका दृश्यहरू त्यहाँ देख्न पाइन्छ ।

    योसहित  होटल, क्याफे र रेष्टुराँ गरी हस्पिटालिटी क्षेत्रको मात्र २१ वटा शाखा पुगेको छ । ग्रुपले हस्पिटालिटी, कृषि, आइटी, ट्रेडिङ क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।

    काठमाडौंमा यसअघि सुन्धारामा सिद्धार्थ होटल सञ्चालनमा रहेको छ भने धोबीघाटमा बैंक्युट हल, तीनकुनेमा सिद्धार्थ कटेज, पुरानो बानेश्वरमा सिद्धार्थ फुडल्याण्ड सञ्चालनमा छ ।

    ‘हाम्रो साइज बढ्दै गएपछि नेपालगन्ज र भैरहवामा ठूलो होटल सञ्चालनमा ल्याएका हौं, प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने, नेपालगन्जमा चारतारे होटल सञ्चालनमा छ भने भैरहवामा पाँचतारे होटल निर्माणको अन्तिम चरणमा छ, काठमाडौंमा सबैभन्दा सुबिधा सम्पन्न यही हो ।’सबै खालका ग्राहकलाई सेवा दित विभिन्न स्तरका होटलहरू सञ्चालन गर्ने उद्देश्य सिद्धार्थ बिजनेस ग्रुपको रहेको जनाएको छ ।

    लङटम प्लानिङका कारण कोभिडले रोकेन

    हामीले हस्पिटालिटी बिजनेस सुरु गर्दा तत्कालका लागि सोचेका थिएनौं । त्यही भएर अहिले यो कोभिडको कारणले पनि हामीले हार खाएका छैनौं । कोभिडकै बीचमा चारतारे स्तरको बुटिक होटल सञ्चालनमा ल्याएका छौं भने भैरहवामा पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा छौं ।

    अहिलेसम्मको कोभिडले हामीलाई निराशा बनाएको छैन, तर ‘बिजनेस डाउन’ भने भएको छ । अब फेरि यस्तै किसिमको नयाँ भेरियन्ट आयो र लामो समयसम्म लकडाउन भयो भने हाम्रो अवस्था पनि कहाँ पुग्छ थाहा छैन, तर अहिलेका लागि भने हाम्रो लङटम प्लानिङको कारणपछि हटेका छैनांै । हामी सन् २०३० को मिसनमा छौं । यसलाई पूरा गरी छाड्छौं ।

    आन्तरिक  पर्यटक, कर्पोरेट ग्रुप र स्थानीय लक्षित

    सिद्धार्थ हस्पिटालिटीद्वारा सञ्चालित सबै होटलका ग्राहकहरू भनेको विशेष गरेर आन्तरिक पर्यटक र कर्पोरेट ग्रुपहरू नै हुन् । योसँगै विदेशी पर्यटकहरू पनि धेरै छन् । शान्त वातावरणमा लामो समयसम्म कार्यक्रम गर्न चाहने ग्रुपहरूको रोजाइमा सिद्धार्थ ग्रुपका होटलहरू पर्ने भएकोले पनि बौद्धको यो होटल पनि त्यही अनुरुप सञ्चालनमा ल्याइएको महाप्रवन्धक कौशल सिंहले बताए । योसँगै लामो समयसम्म बस्न चाहने विदेशी एवं स्वदेशी पर्यटकहरूलाई पनि उपयुक्त कोठाहरू तयार पारिएको उनले बताए ।

    योसँगै स्थानीयलाई लक्षित गरी क्लब, बैंक्युट हल, स्वीमिङ पुल र रेष्टुराँ त्यही अनुसारले सञ्चालन गरिएको उनले बताए । बैंक्युट हलमा करिब १५ सय जनालाई एकैपटक सुविधा दिन सकिन्छ । डिलक्स, सुपर डिलक्स, सुइट्स रुमहरू छन् । सुविधासम्पन्न कोठाहरू रहेको छ । यस्तै होटलमा रहेको क्लब, स्पालाई अझै गुणस्तर दिन खोजिरहेको उनको भनाइ छ ।

    यस्तो छ ओपनिङ अफर    

    महाप्रवन्धक सिंहका अनुसार स्थानीयहरूलाई लक्षित गरेर स्वीमिङ प्याकेजहरू ल्याएको छ । ४ हजार ५ सयमा ५ जनाको समूहलाई लन्चसहित स्वीमिङ गर्ने व्यवस्था ल्याएको छ । यस्तै डे प्याकेज पनि ल्याएको छ । जसलाई ‘स्याटरडे ब्रन्च’ भनिएको छ । जुन दिउँसो १२ बजेदेखि साढे २ बजेसम्म हुन्छ र यसमा ब्रेकफाष्ट, लन्च हुन्छ ।

    त्यसैमा स्टे प्याकेजको रुपमा पनि राखिएको छ । यसलाई ‘बेड एण्ड ब्रन्च’ भनेर अफर ल्याएका छौं । यसको मूल्य २ जनाको लागि ८ हजार रुपैयाँ राखिएको छ,सानो बच्चालाई निःशुल्क हुन्छ । साताको ६ दिन काम गरेर शुक्रबार बेलुका फ्रेस हुने र शनिबार घर फर्कनेहरूका लागि यो अफर ल्याएका हौं ।

    स्थानीयहरू अर्थात होटलमा नबस्ने र तर खाना खान आउनेहरूका लागि लक्षित गरेर स्वीमिङ प्लस ब्रन्चको अफर छ । यसमा स्वीमिङ गरेर त्यही ब्रन्च खाने व्यवस्था गरिएको छ । त्यसको प्याकेज प्रतिव्यक्ति २ हजार २ सय २२ रुपैयाँ राखिएको छ ।

    त्यसैगरी शुक्रबार साँझ बार्बीक्युको व्यवस्था गरेका छौं । त्यसको मूल्य पनि करिब ६ सय रुपैयाँ प्रतिव्यक्ति छ । क्लबको ग्राहक बन्नका लागि २० प्रतिशत छुट दिइएको छ । १ जनाका लागि वार्षिक १ लाख १० हजार रुपैयाँ मूल्य तोकिएको छ ।

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.