• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सङ्क्रमणको जोखिममा विद्यार्थी


  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
  • कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ ।

    Advertisement

    तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने भएकाले हरेक अस्पतालमा २० प्रतिशत श-या छुट्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ । लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ ।

    कतिपय विद्यालयले कक्षा १२ को परीक्षा सकेपछि विद्यालय सञ्चालन गर्ने बताइरहेका छन् भने कतिपयले सञ्चालन गरिसकेका छन् । ठिमीस्थित एक निजी विद्यालय नियमित सञ्चालन हुन थालिसक्यो । हरिबहादुर मगर आफ्ना पाँच वर्षको बालकलाई विद्यालय पठाउन थालिसक्नुभएको छ । विद्यालयबाट फोन आएपछि नियमित विद्यालय पठाइहाल्नुप-यो, मगरले भन्नुभयो, “कोरोनाको सङ्ख्या दैनिक दुई÷तीन हजार थपिरहेकोले सङ्क्रमण सर्छ कि भन्ने ठूलो डर छ ।”
    सानो बच्चा छ, यदि कोरोना सरिहाल्यो भने के गर्ने भन्ने चिन्ताले उहाँलाई सताउने गरेको छ । उहाँको दूध डेरी र मासु पसल छ, पसलमा दैनिक ५० जना मानिस आउने गर्छन् । खोप नलगाएका कारण उहाँलाई ठूलो त्रास छ । सरकारले ४० वर्ष उमेरभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाए पनि उहाँले हालसम्म खोप लगाउन पाउनुभएकोछैन ।

    आफूसमेत जोखिममा रहेका बेला सानो बालकलाई विद्यालय लैजान थालेपछि चिन्ताले थप सताउन थालेको छ । यस्तै उद्धव घिमिरेकी छोरी दधिकोटस्थित अरनिको विद्यालयमा अध्ययनरत हुनुहुन्छ । घिमिरेलाई कक्षा १२ को परीक्षा सक्नेबित्तिकै अध्ययन नियमित सञ्चालन गर्ने सूचना आएको छ । विद्यालयमा कोरोना लागेका विद्यार्थी आउने सम्भावना रहेकाले छोरीलाई विद्यालय पठाउने कि नपठाउने दोधारमा उहाँ हुनुहुन्छ । यस्ता कैयौँ अभिभावक, विद्यार्थी नियमित विद्यालय सञ्चालनमा आएपछि कोरोना सर्ने डरले विद्यालय जाने वा नजाने भन्ने अन्योलमा छन् ।

    मन्त्रालयले निजी विद्यालयका सञ्चालक, अभिभावक सङ्घलगायतका सम्बन्धित पक्षसँंग छलफल गरेर स्थानीय तहसंँग समन्वय गरी विद्यालय खोल्ने निर्णय गरिसकेको छ । विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको सुनिश्चितता नगरी विद्यालय सञ्चालन गर्दा कोरोना फैलिने त्रास पनि त्यत्तिकै छ ।

    मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विद्यालय सञ्चालन गर्न स्वीकृत नदिएको बताउनुभयो । स्वास्थ्य संस्थासँंग समन्वय र स्थानीय तहको सिफारिसमा जनस्वास्थ्य मापदण्ड अपनाएर कम भीडभाड तथा ग्रामीण क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न सकिने विषयमा स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको उहाँले बताउनुभयो ।
    अब १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि पनि कोरोनाविरुद्धको खोप ल्याउने तयारी भइरहेकोले छिट्टै खोप आउने र बालबालिकाले खोप लगाउन पाउने डा. पौडेलले बताउनुभयो । अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले उच्च जोखिम तथा घना बस्ती भएको ठाउँमा विद्यालय सञ्चालन गर्न नहुने बताउँदै जनघनत्व कम भएका ठाउँ तथा ग्रामीण क्षेत्रमा मात्र विद्यालय सञ्चालन गर्न सकिने बताउनुभयो ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले अब पनि विद्यालय सञ्चालन नगरे नेपालको शिक्षा धेरै पछाडि पर्ने बताउनुभयो । अहिले ५० प्रतिशत विद्यार्थीले मात्र अनलाइन कक्षा लिइरहेको भन्दै उहाँले हुनेखानेहरूले अनलाइन शिक्षा लिने र विपन्न वर्गले नलिने गर्दा शिक्षा क्षेत्रमा ठूलो खाडल आउने बताउनुभयो । अभिभावकहरूले नारा जुलुस, जात्रा गर्न हुने तर विद्यालय सञ्चालन गर्न नहुने भन्ने तर्क उचित नहुने उहाँको भनाइ छ ।

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.