• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

संखुवासभा हत्याकाण्ड : आरोपितका भाइ, बुवासहित अन्य दुई जना पक्राउ


  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
  • प्रहरीले संखुवासभामा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरेको छ।

    Advertisement

    पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको संघीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले सेतोपाटीलाई जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीय खड्गबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की र अर्का एक जना छन्।

    चार जनामध्ये लोकबहादुरका भाइ र बुवा रणबहादुर हुन्। ‘हामी अहिले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछौं,’ दाहालले भने।

    यसअघि प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई मुख्य आरोपित भनी सार्वजनिक गरेको थियो।

    तर, अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिको पनि संलग्नता देखिएको भन्दै प्रहरीले पक्राउ गरिएको बताइएको छ।

    संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार घटनास्थलमा कसैले समातेको, कसैले हिर्काएको, कसैले मुख थुनेको साबिती बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए।

    लोकबहादुरको घरमा हत्या गरिएकीमध्ये बुहारी रञ्जना कार्कीको मोबाइल बरामद भएको थियो। त्यसपछि लोकबहादुरका भाइ पक्राउ परेका थिए।

    उनी समेतको बयानका आधारमा थप तीन जनालाई पक्राउ गरिएको उनले बताए। संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा भदौ २१ गते ६ जनाको सामूहिक हत्या गरिएको थियो।

    तेजबहादुर कार्की, उनकी आमा पार्वता कार्की, श्रीमती कमला, बुहारी रञ्जना कार्की, नाति विपीन कार्की र गोमा कार्कीको चिर्पटले हिर्काएर हत्या गरिएको थियो।

    ‘घटनास्थलबाट हामीले केही प्रमाण संकलन गरेका छौं, बरामद भएको मोबाइल विधिविज्ञान प्रयोगशालामा पठाइएको छ,’ सुवेदीले भने

    यो पनि हेर्नुहोस्

    संखुवासभा हत्याकाण्ड: पक्राउ परेका लोकबहादुरले नै गरेका थिए गाउँलेलाई खबर

    संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। उनलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो।

    आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी आरोपित लोकबहादुरलाई सार्वजनिक गरेको हो।

    गत सोमबार तेजबहादुर कार्कीसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो। उनीहरूको शव चार वटा ठाउँमा फेला परेको थियो। आमा पार्वताको घरभित्र फेला परेको थियो भने अरूको बाहिर थियो।

    प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसीका अनुसार उनीहरूको हत्या बिहान ६ देखि साढे ६ बजे बिचमा भएको थियो।

    करिब ८ बजे लोकबहादुरले नै बडा बाको लास देखेको भन्दै अरूलाई खबर गरेका थिए। उनले खबर गरेपछि अरू पनि घटनास्थल पुगे। वडाध्यक्ष खेमनाथ कटुवाललाई पनि खबर भएपछि प्रहरीलाई साढे ९ बजेमात्रै खबर भयो।

    त्यसपछि अनुसन्धान गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली घटनास्थल पुग्यो।

    तालिमप्राप्त कुकुर पनि घटनास्थलमा पुगेको थियो। मादी नगरपालिकाका मेयर बिदुरकुमार लिंथेपले प्रहरीलाई बस्ने व्यवस्था मिलाइदिएका थिए।

    अनुसन्धानको नेतृत्व एसपी दाहालले गरेका थिए। प्रहरीले स्थानीयकै घरमा बसेर अनुसन्धान गर्न थालेको थियो।

    ‘घटना विभिन्न कोणबाट अनुसन्धान र विश्लेषण गर्‍यौं। घटना कसरी भयो र कारणहरू के-के हुन सक्छन् भनेर अनुसन्धान अगाडि बढायौं। व्यक्तिगत रिसिइबी, आवेग, रिस, कुनै सुनियोजित तरिका, लुटपाटलगायत कुराहरूको विश्लेषण गर्दै गयौं,’ डिआइजी बिसीले आइतबार पत्रकार सम्मलेनमा भने।

    त्यसरी विभिन्न कोणबाट अनुसन्धान गर्न प्रहरीले लुटपाटका लागि वा बाहिरबाट आएर कसैले हत्या गरेको खुलेन। किनकी घरमा भएका नगद र सुनहरू सुरक्षित भेटिएको थियो।

    त्यसरी एकपछि अर्को सम्भावनालाई विश्लेषण गरी प्रहरीले अनुसन्धानको दायरालाई साँघुरो बनाउँदै लगेको थियो। मंगलबार बिहान तालिम प्राप्त कुकुरलाई स्निफिङ गराएको थियो। तर रातभर पानी पर्दा सो काम त्यत्ति प्रभावकारी भएन।

    त्यसका बावजुद् पनि कुकुरले आरोपित लोकबहादुरको घरतर्फ संकेत गरेको डिआइजी बिसीले बताए।

    साथै जुन ठाउँबाट लोकबहादुरले तेजबहादुरको शव देखिएको भनेका थिए, त्यहाँबाट शव नै देखिँदैन थियो। जसकारण उनीमाथि थप शंका पैदा भएको प्रहरी उपरीक्षक भीम दाहालले बताए।

    ‘जुन ठाउँबाट लोकबहादुरले बडा बाको शव देखियो भनेका थिए त्यहाँबाट देखिन्न थियो। त्यहाँबाट देखेको भनेर खबर गरेपछि अरूले थाहा पाएका हुन्,’ प्रहरी उपरीक्षक दाहालले भने,’पहिलो दिन नै विभिन्न सम्भावनामध्ये लोकबहादुर हुनसक्छ भन्ने मलाई लागेको थियो। त्यहीअनुसार अनुसन्धान अघि बढायौं।’

    आफन्त मरेपछि सामान्य मानिसको जस्तो हुनुपर्ने स्वभाव पनि उनको नपाएको उनले बताए।

    लोकबाहादुर काम गर्न केही वर्षअघि मलेसियामा गएका थिए। केही समय काम गरेर बिरामी भएपछि उनी फर्किएका थिए। विदेशबाट फर्किएपछि उनको स्वभाव फरक थियो।

    ‘बिरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएको बुझियो। गाउँघरमा बुझ्दा उनी त्यहाँबाट फर्किएपछि आफ्ना बुवा र भाइहरूसँग अलि आक्रमक, झै-झगडा गर्ने खालका कुराहरू आयो,’ उनले भने,’उपचार गराएर औषधीहरू पनि लिने गरेको जानकारी पायौं।’

    स्वभावले आक्रमक भएका उनी काममा पनि अलि अप्ठेरो मान्ने खालका थिए। त्यसैकारण आरोपितका हजुरबुवाले आफू मर्ने बेला उनीहरूको स्याहार गर्ने जिम्मा तेजबहादुरलाई दिएका थिए।

    आफ्ना सन्तानहरू कमजोर अवस्थामा छन् भन्दै उनीहरूलाई तेजबहादुरको जिम्मा लगाइदिएको प्रहरीले बताए।

    ‘परिवारमा सबै हट्टाकट्टा थिए। तर लोकबहादुर अलि अल्छी गर्ने, बोलाउँदा पनि नजाने स्वभावका कारण तेजबहादुरले सम्झाउने गाली गर्ने, सम्पत्ति कमाउन सकिनस् भन्ने कुराहरू गर्दा रहेछन्। जुन कुरा लोकबहादुरको मनमा गढेको थियो,’ डिआइजी बिसीले भने।

    घटनाको अघिल्लो दिन पनि मृतक तेजबहादुरले उनीहरूलाई खेताला लग्ने कुरा गरेका थिए। खेताला लान सोमबार बिहानै तेजबहादुर लोकबहादुरको घरमा गए। बुवा र भाइ गाईलाई कुँडो पकाएर खेतमा घाँस काट्न गइसकेका थिए। घरमा लोकबहादुरमात्रै थिए।

    अघिल्लो रातभरि उनी सुतेका पनि थिएनन्। र पहिल्यै देखिको हेप्ने बानीका कारण उनमा रिस थियो।

    ‘अभियुक्त एक्लै थिए। उनलाई जुन किसिमले गाली गर्ने, पागल र काम नलाग्ने भनेको हुँदा रातभर सुत्न सकेका थिएनन् र भोलि बिहान तेजबहादुरलाई देखेपछि यो ठूलो बुवाले धेरै नै गरे भनेर अचानक आवेगमा आएछन्,’ डिआइजी बिसीले भने।

    त्यसपछि उनले दाउराहरू राखेको ठाउँबाट एउटा चिर्पट लिएर तेजबहादुरलाई हाने।

    चिर्पटले केही पटक हिर्काएपछि ‘मलाई लोकेले मार्‍यो’ भन्दै तेजबहादुर कराएका थिए। आवाज सुनेर श्रीमती र बुहारी घरबाहिर निस्किए। लोकबहादुरले देखेपछि उनीहरूको पनि हत्या गर्न गए।

    त्यसपछि खोल्सामा उनले तेजबहादुरकी श्रीमती मनमायाको टाउकोमा हिर्काएर लडाए। लडेकी बुहारी रञ्जनालाई पनि हिर्काएर त्यही मारेको प्रहरीले बताएको छ।

    उनीहरू कराएको आवाज सुनेपछि घरबाट दुई जना नाबालक बच्चाहरू दीपक र गोमा निस्किएको लोकबहादुरले देखे।

    त्यसपछि उनीहरूलाई पनि लखेटेर मारेको डिआइजी बिसीले बताए। पाँच जनाको हत्या गरेपछि लोकबहादुर घरभित्र पसे। जहाँ आमा पार्वता कुँडो पकाइरहेको थिइन्।

    उनलाई पनि कपाल समातेर भित्तामा टाउको बजारेर हत्या गरेको प्रहरीको भनाइ छ। र, हतियारको रूपमा प्रयोग भएको चिर्पट कुँडो पकाइरहेको अँगेनोमा हालेर नष्ट गरेका थिए।

    ‘अचानक आवेग आएर ‘एक्स्ट्रिम हेटरेट’ले गर्दा हत्या गरेको देखिन्छ। त्यतिबेला मानसिक अवस्था पनि विक्षिप्त भएको पायौं,’ डिआइजी बिसीले भने।

    प्रहरीले शुक्रबारसम्म लोकबहादुरको घरबाट रगत लागेको कपडासमेत बरामद गरिसकेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको थिएन।

    अहिले त्यसलाई परीक्षण गर्न फोरेन्सिक ल्याबमा पठाएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले कयौं पटक सोधपुछ गरेको छ। त्यसरी पटक-पटक सोधपुछ गरेपछि भने उनले ६ जनाको हत्या गरेको स्वीकारेको प्रहरी उपरीक्षक दाहालले बताए।

    ‘हामीले उनलाई धेरै पटक सोधपुछ गर्‍यौं। घरपरिवार गाउँलेसँग उनको बानी व्यहोरा सबै कुराको विश्लेषणपछि हामी उनीमाथि केन्द्रीत भयौं,’ दाहालले भने,’पछि उनले घटनाबारे स्वीकार गरे।’

    हत्या स्वीकारेको भिडिओ प्रमाण पनि प्रहरीले लिएको छ। घटनास्थलमा गएर कसरी हत्या गरेको भन्नेसमेत भिडिओ प्रमाण प्रहरीले तयार पारेको छ।

    उनले सजह रूपमै घटनाको स्वीकार गरेको दाहालले बताए। उनी उम्किने बाटो सबै बन्द भएपछि उनले घटना स्वीकार गरेको दाहालले बताए। प्रहरीले सबै प्रमाणहरू अदालतमा पेश गर्ने तयारी गरेको छ।

    अहिले प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.