• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

अस्ट्रेलियाबाट मानसिक रोग बोकेर किन फर्कदैछन् नेपाली विद्यार्थी?


  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
  • सिड्नीमा जारी लकडाउनबीच आइतबारे बिदाको दिन साझँपख उनी हतारिँदै थिए। ‘बरेलामा एक विद्यार्थी भाइलाई कोरोना भएछ, आइसोलेसनमा रहेछन् ,खाना पुर्‍यायाउन जाँदैछु’, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरूङको पछिल्लो दिनचर्या यस्तै छ।

    Advertisement

    शनिबार रातिसम्म डिप्रेशनका विद्यार्थीलाई नेपाल पठाउन उनी विमानस्थलमा थिए। अस्ट्रेलियामा मनोरोगले धेरैलाई ग्रस्त पारेको छ। यो समुदायमा माहामारीकै रुपमा फैलिदै गएको छ। यसबाट नेपाली विद्यार्थी पनि प्रभावित हुन थालेका छन्।

    ‘निकै गाह्रो भयो, मानसिक समस्याले विद्यार्थीलाई नराम्ररी गाँजेको छ। धरानका सुदीप (नाम परिवर्तन) लाई कंकड हस्पीटलमा दश दिन राखेर चिकित्सकको अनुमतिपछि एनआरएन र अन्य संस्थाको सहयोगमा शनिबार नेपाल पठाएँ,’ गुरूङले सेतोपाटीसँग भने, ‘धरानमा सुदिपको आमा मात्र हुनुहुँदो रहेछ। बाबा वैदेशिक रोजगारीका लागि अरब तिर हुनुहुँदो रहेछ। यता अस्ट्रेलिया आएका सुदिप पढाइ भन्दा अरू कुरामा बढी ब्यस्त भए। बिस्तारै भिसा पनि बिग्रिएछ र उनी पूर्ण मानसिक रोगी भइसकेका रहेछन्। अहिले केहि दिनको उपचार र आरामपछि उनी घर फर्कन सक्षम भए। त्यसका लागि मैले सहयोगी भूमिका निर्वाह गरेँ।’

    पछिल्लो दुई वर्षमा १३ जना नेपाली विद्यार्थी भाइबहिनीलाई मानसिक समस्याका कारण नेपाल पठाइसकेको गुरूङ बताउँछन्। ‘मैले मात्र यति धेरै नेपाली विद्यार्थीलाई मानसिक समस्याका कारण अभिभावकको सल्लाहमा नेपाल फर्काइसकेको छु, समस्याका पहाड धेरै छन्। सबैभन्दा बढी समस्या लागूपदार्थ सेवन र ग्याम्बलीङको देखेको छु’ , एनआरएन एनएसडब्लुका संयोजकसमेत रहेका गुरूङले भने।

    विदेश गएपछि छोरोछोरी सप्रिन्छन्, पढ्छन् र पैसा कमाउँछन् भन्ने गलत सोचको उपजका रूपमासमेत यस्ता समस्या आउन थालेको गुरूङले बताए।

    ‘विदेश भन्ने वित्तिकै खुट्टा उचालिहाल्ने हाम्रो युवापुस्ता र देखासेखी गर्ने हाम्रो समाज अनि बुझ्दै नबुझी बिदेश पठाउने हाम्रा अभिभावक यस घटनाका दोषी चश्मा हुन्’, उनले भने।

    केही उतै बिग्रेका र सप्रिन्छन् भनेर यता पढ्न पठाएका झन बिग्रेको अवस्था देखेको बताउँने गुरूङ अगाडि भन्छन्, ‘धेरै जसो यता आएपछि पाउने स्वतन्तत्रा र अभिभावकत्वको कमीका कारण बिग्रिएको पाएको छु। बिदेश गएपछि कमाएर पढ्छन् र सके नेपाल पनि पैसा पठाउँछन् भन्ने सोच नै गलत छ।’

    महिनौं कामको खोजी र मंहगो शैक्षिक शुल्क अनी मनमौजी जीवनशैलीजस्ता विषयले विद्यार्थीमा पर्ने मानसिक असरले केहीलाई जोगी त कतिलाई रोगी बनाएको देखिन्छ।

    पछिल्लो कोरोनाकालमा अस्ट्रेलियन सरकारले आफ्ना नागरिक सरहको ब्यवहार गरेकाले विद्यार्थीमा आर्थिक संकट नदेखिएको गुरूङ बताउँछन्।

    पहिलाका कतिपय समस्यामा आर्थिक विषय जोडिएका थिए। तर अहिले भने त्यस्तो परिस्थिति देखिँदैन, प्रायः समस्या लागूपदार्थ र जुवातासकै देखिएको छ। कुलतमा लागेपछि पढाइ बिगार्ने र पढाइ बिग्रेपछि भिसा बिग्रने अनि त्यसपछि मानसिक रोगले गाँज्ने सवालमा पछिल्ला केसहरू सम्वन्धित थिए। त्यति मात्र होइन परिवारिक झगडा र बिग्रहले पनि केहि मानसिक समस्या ल्याएका छिटपुट घट्ना छन्।

    यस विषयमा नेपाली राजदूतावास र आउटरीच एन्ड इमर्जेन्सी सपोर्ट वर्करले निकै सहयोग गरेकाले नेपाल पठाउन सजिलो भएको उपाध्यक्ष गुरूले बताए।

    ब्रिटिस आर्मीका रिटार्यड गुरूङ समाजसेवामा व्यस्त छन्। उनको परोपकारी कार्यमा श्रीमती कुमारी गुरूङले साथ दिएकी छन्। ‘कुनै बेलामा त राति १२ बजे विद्यार्थी भाइबहिनीको फोन आउँछ, उठायो लु यस्तो पर्‍यो, उस्तो पर्‍यो भन्छन्, जानै पर्‍यो, यस्तो बेला परिवारको सहयोग बिना परोपकारी कार्य कठिन हुन्छ’, उनले भने।

    आफैंले रोजेको देशमा सोचे जस्तो र खोजे जस्तो कुरा नपाएपछि मानिसमा नैराश्यता छाउने कुरा स्वभाविक हो। यसमा अझ युवा वर्ग बढी इमोसनल हुन्छन्, जसका कारण उनीहरू विस्तारै लागूऔषधको दुर्व्यशनीमा फस्छन्। जुन खतरनाक साबित हुनेगर्छ।

    पछिल्लो दुई कार्यकाल एनआरएन अस्ट्रेलिया सचिव र उपाध्यक्ष रहिसकेका गुरूङ पुनः पछिल्लो महिना उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

    एसएलसी र १२ कक्षा पास गरेपछि समुन्द्रका किनार र गगनचुम्बी मिनार देखेर विदेशीएका नेपाली कर्णधारहरू पढाइ लेखाइ छाडेर रमाइलो र मोजमस्तीमा लाग्दा कयैनको भविष्य अन्धाकार बनेको कुरा तथ्य कसैवाट लुकेको छैन।

    देशका प्रतिभाशाली युवाहरू दक्षता अभिबृद्धिका लागि उच्च शिक्षा हासिलका लागि बिदेश आउँदै गर्दा पढाइ गुनाइभन्दा डलरको काम र धुवाँको आराममा जीवन बर्बाद गरिरहेको देखिन्छ।

    अहिलेको युवा वर्गमा सहनसीलता र धैर्यतामा कमी देखिन्छ। सानो समस्यामै आत्तीने र स-सना उपलब्धिमै मात्तिने बानीले पनि मानिसलाई गलत बाटोमा पुर्‍याएको देखिन्छ। यसमा अभिभावकहरुले तिखो नजर लगाउनु आवश्यक छ।

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.