• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भालु भगाउन रातभर जाग्राम


  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
  • मकै पाक्ने याम सुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन रातभर जाग्राम बस्ने गरेका हुन् । यहाँको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् ।

    Advertisement

    सो गाउँपालिका–६ का स्थानीयवासी नरिमान रावतले भन्नुभयो, “भालुले मकै सखाप पार्न थालेपछि किसान मकै बारीमै बस्न थालेका छन् ।” यहाँको प्रमुख बाली भनेकै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हँुदैन । यही मकै भालुले सकाउन थालेपछि किसान चिन्तित छन् । भालु भगाउनका लागि हरेक बारीमा तर्साउने वस्तु राखिएको छ । भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने काम चलिरहेको छ । कहिलेकाहीँ थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास जारी नै छ । भालु नियन्त्रणमा लिन सकिने अवस्था छैन । बारीमा एक्लै हिँड्नसमेत सकस हुने गरेको छ ।

    एक त अन्नबाली उत्पादन कम हुन्छ । त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन् । अधिकांश किसानले खेतबारी वरिपरि मान्छेजस्तै ‘भ्याउने’ बनाएर राख्ने गरेका छन् । पछिल्लो समयमा भालुको तीव्र चहलपहल बढेपछि किसानले जङ्गल नजिकैको बारीमा खेती गर्नसमेत छाडेको स्थानीयवासी रावतले बताउनुभयो ।

    दिउँसो मानिसको चहलपहल हुने भएकाले भालु बारीमा पस्न डराउँछ । रातिको समयमा बारीमा बस्छ । बारीमा कुकुर बाँधेर राख्ने, मकै बारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचाउन भ्याइनभ्याइ छ । वर्षेनी भालुले बालीमा नोक्सानी पु¥याउन थालेपछि गाउँका केही स्थानीयवासीले मकै अन्नबाली लगाउन छाडेको यहाँका स्थानीयवासी बताउँछन् ।

    मकै बारीमा भालु पसेर नष्ट गर्न थालेपछि किसानले भालु नियन्त्रणमा लिएर बाली जोगाइदिन माग गरेका छन् । जिल्लाभर भालुको बिगबिगी बढेको छ । यहाँका स्याउ बगैँचा, मौरीको घारदेखि मकैबालीमा भालु पस्नाले निकै समस्या गरिरहेको किसान बताउँछन् । यसअघि आहारा खोज्दै भालु जुम्ला सदरमुकाम खलङ्गा बजारमा पसेको थियो । त्यो बेला सदरमुकामको मुटुमै दुई जनालाई आक्रमण गरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा भालु मारिएको थियो । पछिल्लो समयमा गाउँ आसपासका क्षेत्रमा भालु प्रवेश गर्न थालेपछि एक्लै दुक्लै हिँड्नसमेत गाह्रो हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

    मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.