नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउने काम जारी छ । ११ महिना अघि सम्झौता भएको यस योजनाको अहिलेसम्म १३ प्रतिशत काम समपन्न भैसकेको छ । तर, आजभोलि विद्युतका पोल समयमा सार्न नसक्दा काममा केही समस्या आएको सडक डिभिजन कार्यालय भरतपृुरका इन्जिनियर विजय दराईले बताए ।
‘ठेकेदारहरुले विद्युतका पोल सार्न पहल गरेको छ । तर, कक्षा ११, १२का विद्यार्थीलाई असर पर्न सक्ने भएकाले सार्न सकिएको छैन,’ उनले भने,‘यसले गर्दा काम रोकिँएको छ ।’
५० मिटर चौडाई रहने ६ लेनको सडकको ६ दशमलव ८ किलोमिटर लम्बाई छ । त्यसमा क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र विजुली अन्डरग्राउन्ड गर्ने योजना छ । सडकको दायाँबायाँ ११.५|११.५ मिटरको पिच हुनेछ । तर, तत्कालिको लागि विद्युतका पोल सार्नका लागि विद्युत प्राधिकरणले सडक डिभिजनसंग परामर्श गरेको विद्युत प्राधिकरणका इन्जिनियर विनोद सापकोटा बताउँछन् । ‘विद्युत पोल सार्ने जिम्मा सडक डिभिजनकै हो । हामीले त्यसमा समन्वय गर्ने हो ।’ सापकोटाले भने, ‘हामीले टासमिटर सार्ने लगायतका टेक्निकल रुपमा सहयोग हो ।’ अहिले सडक डिभिजन कार्यालय, विद्युत प्राधिकरण र स्थानीय तहबिच छिट्टै पोल सार्ने विषयमा छलफल भएको उनले बताए ।
यस सडक अन्तर्गत ३ सय ३३ केभि, औद्योगिक फिल्डरको लाईन पर्दछ । यहाँ साढे चार सय वटा विद्युतका पोल सार्नुपर्ने देखिएको छ । यी पोल सार्नका लागि करिव दुई महिना लाग्ने अनुमान छ । यसले गर्दा ३ सय ३३ केभि र औद्योगिक फिल्डर क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएकाले सचेत हुन उनले आग्रह गरे । ‘पुलचोक गोन्द्रयाङ सडक अन्तर्गत ३सय ३३ केभि औद्योगीक फिडर लगातका छन् । यहाँबाट चनौली लगायतका स्थानमा पनि विद्युत प्रशारण भएको छ,’ उनले भने, ‘यस विद्युतका पोल सार्ने समयमा विना सूचना पनि विद्युत सेवा अवरुद्ध हुन सक्छ सचेत हुन आवश्यक छ।’
अधिकांश सडकका छेऊमा विद्युतका लाईन हुन्छन् । जसले गर्दा सडक विस्तार गर्ने क्रममा समस्या रहँदै आएको छ । नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको सडक विस्तारको काम २८ महिनाभित्र सक्नुपर्ने हुन्छ । विद्युतको पोल सार्नेकाम छिटो सकियो भने समयमा काम सकिने सडक डिभिजन कार्यालयको भनाई छ ।
