• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

काठमाडौं उपत्यकाको प्रहरीलाई प्रदेशमातहत ल्याउन पहल


  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
  • बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइँदा जटिलता आउने बताउनुभएको छ । मन्त्री शाक्यले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र सोको नियमावलीसमेत बनिसकेको र प्रदेशमा पनि प्रदेश प्रहरी ऐन बनिसकेको अवस्थामा प्रहरी कर्मचारी समायोजन कार्यलाई सङ्घीय सरकारले अघि बढाउनुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश प्रहरीमा हाल सात हजार ९८९ दरबन्दीमध्ये पाँच हजार ४२३ मात्र कार्यरत छन् ।

    Advertisement

    नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय–ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न सङ्घीय सरकारसँग आग्रह गर्दै उहाँले त्यसो भएमा ती तीन जिल्लाका प्रहरी पनि प्रदेशको मातहतमा आउने जनाउनुभयो । सोमबार काठमाडौँमा पत्रकारसँग कुरा गर्दै उहाँले आफूले पदबहाली गरेलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केही महत्वपूर्ण काम अघि बढाएको जानकारी दिनुभयो । “मन्त्रालय सम्हालेको केही दिनमै मैले विभिन्न निकायसँग समन्वय गरे केही सकारात्मक कामको थालनी गरेको छु”, शाक्यले भन्नुभयो, “तुरुन्तै विपद् व्यवस्थापन गर्न, प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै लैजान र सोसम्बन्धी दीर्घकालीन योजना बनाउन ह्याजर्ड म्यापिङको काम अघि बढाएको छु ।”

    उहाँले प्राकृतिक प्रकोपका सम्बन्धमा पूर्वसूचना दिने अर्ली वार्निङ एप निर्माणको कार्य अघि बढाएको पनि उहाँले जानकारी दिनुभयो । “जसले गर्दा मानवीय र भौतिक क्षति न्यून हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “इन्फो बैंक सम्बन्धमा एप निर्माण गरी बागमती प्रदेशका विभिन्न निकाय तथा ११९ वटै स्थानीय तहको सूचनाहरू एउटै वेब पोर्टलबाट थाहा पाउन सक्ने गरी व्यवस्था गर्न लागेका छौँ ।”

    उहाँले विभिन्न कानुनहरू अविलम्ब निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक कार्यको थालनी गरेको, कानुन मस्यौदा समितिको बैठक बसेर आवश्यक कानुन निर्माण गर्न निर्देशन दिएको पनि जानकारी दिनुभयो । “बागमती प्रदेशका ५० वटा ऐन बनिसकेका छन् भने १०२ वटा कानुन निर्माण भइसकेको छ । करिब ३७ वटा कानुन बनाउन बाँकी छ”, उहाँले भन्नुभयो, “त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ ।”

    मन्त्री शाक्यले आफ्नो मन्त्रालयअन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने ५० योजना एक महिनाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको पनि बताउनुभयो । “लामो सयमदेखि प्रदेश सुरक्षा समितिको बैठक बसेको रहेनछ । मैले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बैठक राखी शान्ति–सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन दिइसकेको छु”, उहाँले भन्नुभयो, “अपराध न्यूनीकरण गर्दै लैजान र चाडपर्वमा हुने चोरी डकैतीको घटना हुन नदिन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइसकेको छु ।”

    उहाँले प्रदेशका १०२ वटा कानुन निर्माण भइसकेको जानकारी दिँदै अब ३७ वटा ऐन बनाउन बाँकी रहेको बताउनुभयो । नियुक्तिपछि उहाँले प्रदेश सुरक्षा समितिको बैठक गरेर प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतीका छलफल गर्नुभएको छ । बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्राकृतिक विपद्, सडक सुरक्षा, विभिन्घटनाको प्रतिक्रियास्वरुप हुनसक्ने विरोध प्रदर्शन र यसले थप्े सुरक्षा चुनौतीबारे विमर्श भएको थियो ।

    मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.