• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

तस्करको निसानामा रेडपाण्डा


  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
  • रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ।

    Advertisement

    प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्यांक उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो।

    विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ।

    संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्करले रेडपाण्डालगायत अन्य जनावार चोरी–निकासी गर्ने क्रम बढेको हो।

    खुलेआम रेडपाण्डालगायत अन्य जनावरको सिकार गरी अंग ल्याउन व्यापारी गाउँ-गाउँमा पुग्ने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम सिंहले जानकारी दिए।

    सामुदायिक तथा राष्ट्रिय वनमा वन्यजन्तुको संरक्षणभन्दा पनि चोरी गर्नेको सङ्ख्याको बढी भएको उनले बताए।

    उनले भने, ‘हप्तैपिच्छे बारेकोटको जङ्गलमा वन्जजन्तुको सिकार हुने गरेको छ, सरोकारवाला निकायले थाहा पाएर पनि थाहा नपाएझैं गरिरहेको छन्। बन्दुक फायर गरेको आवाज प्रहरी चौकीमै सुनिन्छ तर कसलाई के मतलब? वनका कर्मचारी सदरमुकाममात्रै बस्छन्।’

    विभिन्न संघसंस्थाले रेडपाण्डाका संरक्षणका लागि कार्यक्रम, छलफल गर्दै आए पनि उनै छलफलमा सहभागी भएका व्यक्ति तस्कारसँग मिलेर वन्यजन्तुको सिकार गर्न उद्यत भएको बारेकोट गाउँपालिका–४ मैनाका रामबहादुर बस्नेतले बताए।

    उनले भने, ‘चोरी निकासी रोक्नुपर्छभन्दा अघिल्लो वर्ष वडाध्यक्ष सिर्जना बस्नेतविरूद्ध तस्कार समूहको मिलेमतोमा असहयोग गर्ने काम भयो। प्रहरीले वन समूहलाई समेत सहयोग गरेन, उल्टै राजनीतिक शक्तिको आडमा तस्कार जोगाउने काम भयो, यसरी कहाँ वन र वन्यजन्तु जोगाउन सकिन्छ ?’

    पाँच वर्षभित्रको तथ्यांक हेर्दा बारेकोट गाउँपालिकाबाट रेडपाण्डा तथा अन्य वन्यजन्तुको चोरी निकासी गरी रङ्गेहात पक्राउ परेको विवरणले नै बताउने गरेको छ।

    मासिँदो जङ्गल र संरक्षणको अभावमा दैनिक चोरी निकासीका साथै तस्कारको ठूलो सञ्जालले चोरी निकासी मौलाएको पाइएको छ।

    स्थानीय पालिकाले वन्यजन्तु संरक्षणका लागि ठोस योजना निर्माण नगर्दा पनि तस्कारलाई थप सजिलो भएको छ।

    बारेकोट वन्यजन्तुका लागि उर्वर ठाउँ हो। विश्वमा लोपोन्मुख वन्यजन्तुको सङ्ख्या बारेकोटमा भारी मात्रामा रहेको छ। बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा वन्यजन्तु संरक्षणका अभियानकर्मी गोविन्द सिंहका अनुसार तस्कारको योजना ठूलो मात्रामा रहेको छ।

    स्थानीयबासी नै सचेत नहुने हो भने यो तस्कारको जालोले सबै कुरा सिध्याउने बताउँछन्।

    डिभिजन वन कार्यालय र यसका मातहातका कार्यालयको पहुँच कम हुुँदा र अधिकार क्षेत्रको लडाइँका कारण पनि वन्यजन्तु संरक्षणमा समस्या हुँदै आएको छ।

    डिभिजन कार्यालयमा खटिएको भनी गलत जानकारी दिई सदरमुकाममै बसेर गाउँको भत्ता पकाउने वनका कर्मचारीका कारण संरक्षणमा चुनौती हुँदै आएको सर्वसाधारण बताउँछन्।

    सामुदायिक वन समूहका पदाधिकारी तस्कारसँग मिल्दा अर्को समस्या सिर्जना भएको छ।

    समूहका पदाधिकारीलाई वन्यजन्तुको संरक्षण तथा जोगाउने विषयमा खासै जानकारी नभएकाले चोरी निकासीका लागि बल पुगेको स्वयं डिभिजन वन कार्यालय स्वीकार गर्दछ।

    समूहबाट भएको आम्दानीसमेत कहाँ कसरी खर्च हुन्छ भन्ने कुरा स्थानीयवासीलाई नै थाहा हुँदैन। बर्सेनि सामुदायिक वनमा राम्रो घाँस उत्पादन हुन्छ भन्दै आगो लगाउने व्यक्तिसमेत कारबाही नहुनुले वन्यजन्तुको बासस्थानमै खतरा पैदा हुँदै आएको छ।

    रेडपाण्डाको बासस्थानरूपमा रहेको निगालोको बाक्लो जङ्गल, रूखका मुडा बर्सेनि फडानी, आगलागीका कारण सखाप हुँदै आएको छ।

    यसले गर्दा वन्यजन्तु मासिने क्रम बढिरहेको छ। यसैबीच नलगाड नगरपालिका-८,९ र १० का माथिल्लो भागमा वन्यजन्तुको सिकार गर्नका लागि अवैधरूपमा राखिएका बन्दुक प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ।

    एक महिनाको अवधिमा चारभन्दा बढी बन्दुक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मधु थापाले बताए।

    नयाँ प्रहरी प्रमुख जाजरकोट आएदेखि ठूलो मात्रामा तस्कार, लागुऔषध कारोबारी तथा सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिका साथै सवारी साधन चोरी गर्ने गिरोह नियन्त्रणमा आउने क्रम बढेको छ । जतिबेला समस्या र अप्ठ्यारो परिस्थति आउँछ, त्यतिबेला तस्कार गाउँगाउँ पुग्ने गरेको पाइएको छ।

    डोल्पा, रुकुम पश्चिम र जुम्ला लगायतका क्षेत्रबाट जाजरकोट हुँदै जाने तस्कारको सङ्ख्यासमेत ठूलो छ।

    मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.