• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ओलीको राजनीतिक प्रतिवेदन- सर्वोच्चमा सेटिङको गलत र घातक अभ्यास सुरू भयो


  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
  • सभामुख अग्नि सापकोटा र निर्वाचन आयोग एमाले विभाजन गराइ छोड्ने योजनामा संलग्‍न

    Advertisement

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको असार २८ गतेको फैसला ‘सेटिङ’ का आधारमा भएको निष्कर्ष निकालेका छन्।

    असोज १५ गतेदेखि १७ गतेसम्म हुने विधान महाधिवशेनका लागि तयार पारिएको प्रतिवेदनमा अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलाप्रति कडा आक्रोस पोखेका छन्।

    उनले निश्चित समूहको स्वार्थ पूर्तिका लागि गरिएको राजनीतिक फैसला र संविधानको अपव्याख्याले सारमा संविधानको अप्रत्यक्ष संशोधन गरेकोसमेत भनेका छन्।

    ‘फैसलामा विभिन्न मुलुकका सैनिक शासनलाई सघाउने खालका कतिपय नजिरलाई उद्धृत गरिएको छ। संसद विघटनलाई अनुचित साबित गर्न झुठा सन्दर्भको उल्लेख गरिएको छ,’ ओलीले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘राष्ट्रपतिको अधिकारका सन्दर्भमा गलत प्रसंगको सहारा लिइएको छ। निवेदकले अनुकुल ठानेका न्यायाधीश राख्ने र प्रतिकुल ठानेका न्यायाधीश हटाएर इजलास गठन गर्ने ‘सेटिङ’ को गलत र घातक अभ्यास सुरू भएको छ।’

    अदालतको फैसलाले राज्यका तीन अंगबीचको सन्तुलन नराम्रोसँग खलबल्याएको भन्दै ओलीले प्रधानमन्त्री चयन गर्ने संसद एवम् नियुक्त गर्ने राष्ट्रपतिको अधिकारलाई कुण्ठित गरेर अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त हुने अत्यन्तै गलत नजिर स्थापीत गरेको उल्लेख गरेका छन्।

    आफ्ना पार्टीका २८ जना सांसद २०७८ वैशाख २७ गतेको संसद बैठकमा अनुपस्थित भएकै कारण आफूले विश्वासको मत नपाएको ओलीको ठहर छ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी विभाजनको दोष वर्तमान सरकार, सभामुख र निर्वाचन आयोगलाई दिएका छन्। एमाले विभाजनको दुरासयका साथ दल विभाजनको अध्यादेश ल्याइएको भन्दै ओलीले यसको दुरगामी नकारात्मक प्रभाव मुलुकको बहुदलीय प्रणालीमाथि पर्ने तर्क गरेका छन्।

    सभामुख अग्नि सापकोटा एमाले विभाजन गराइ छोड्ने योजनामा संलग्न रहेको आरोप ओलीले राजनीतिक प्रतिवेदनमार्फत लगाएका छन्।

    ‘अनुशासनहीन र पार्टी विभाजनका गतिविधिमा संलग्न भएको स्पष्ट आधार र प्रमाणसहित पार्टी केन्द्रीय कमिटीले १० जना केन्द्रीय सदस्यसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको थियो। कारबाहीको सूचना संसद सचिवालयलाई तत्काल गराइएको थियो,’ ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘तर सभामुखले यस विषयमा कुनै प्रक्रिया अघि बढाएनन्। दलका कारबाहीको सूचना तत्काल जारी गर्ने स्थापित अभ्यास एवं कानुन विपरित सूचना जारी नगरी थाँती राख्नु र निर्वाचन आयोगलाई विषय विचाराधीन रहेको भनि पत्राचार गर्नुले सभामुख स्वयम् नेकपा एमालेलाई विभाजन गराइछाड्ने योजनामा संलग्न रहेको स्पष्ट हुन्छ।’

    निर्वाचन आयोगसमेत दल विभाजनमा सहयोगी बनेको ओलीले आरोप लगाएका छन्। ‘नयाँ पार्टी निर्माणका क्रममा पार्टी कारबाहीमा परेका नेताकोसमेत संख्या समावेश गरेको, सुरूमा हस्ताक्षर नगरेका व्यक्तिको सनाखत गराएको र अनुपस्थितलाई समेत सनाखतमा गणना गराएकोले दल विभाजनमा आयोग सहयोगी बनेको छ’, ओलीले भनेका छन्।

    ओलीले आफ्नो प्रतिवेदनमा विभाजनका योजनाकार नवौं राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृतवविरूद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न रहेको उल्लेख गरेका छन्।

    ‘यिनीहरूनै २०७२-७३ मा नेकपा एमाले नेतृत्वको सरकार विस्थापित गर्ने भित्री योजनाकार थिए र नेकपालाई सके कब्जा नभए विभाजित गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभियानका सारथी पनि थिए,’ ओलीले अगाडि भनेका छन्, ‘नेकपा एमाले नेतृत्वको सरकारलाई जुनसुकै मूल्यमा अपदस्त गर्ने, प्रदेशमा एमाले सरकारलाई विफल पार्ने, पार्टीका उमेदवारलाई पराजित गर्न र आन्दोलनलाई विपक्षीको सेवामा समर्पित गर्न यी व्यक्तिबाट भएका गतिबिधि सार्वजनिक नै छन्।’

    उनले आफ्नै सहमतिमा तयार पारिएको १० बुँदे प्रस्तावलाई अस्वीकार गर्दै माधवकुमार नेपालसहितका कतिपय व्यक्ति पार्टीबाट अलग्गीएको बताएका छन्।

    माधव नेपाललाई साथ नदिएका नेता उपस्थित बैठकलाई ओलीले विशेष महत्वको बैठकसमेत भनेका छन्।

    ‘प्रस्तावलाई कार्यान्वयन गर्ने प्रक्रिया अनुरूप भदौ ८ गते पार्टी स्थायी कमिटी र भदौं १० गते केन्द्रीय कमिटी बैठक आयोजना गरियो। बैठकमा कार्यदलका सदस्यसहित पार्टी एकताको पक्षमा उभिनुभएका तर विगत केही समय यता बैठकमा सहभागि नहुनुभएका कमेरडसमेतको सहभागिता थियो। यी बैठकको विशेष महत्व छ,’ ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन, ‘विभाजनको विपक्षमा र पार्टी एकताको रक्षाका लागि माओवादी केन्द्र पृष्ठभूमिका कमरेडसहित विभिन्न नेताको सकारात्मक योगदान रहेको छ। विभाजन होइन, एकीकरण र एकता नै नेकपा एमालेको संस्कार एवं परम्परा हो।’

    मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.