चितवन । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले काठमाडौंँलाई प्रदेशको राजधानी बनाएर चितवन र हेटौंडालाई देशको राजधानी बनाउनुपर्ने बताउनुभएको छ । आज ( मंगलबार ) जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई सम्बोधन गर्दै उहाँले चितवन र हेटौंडा सबै जिल्लाको केन्द्रमा पर्ने र सबैलाई पाएक पर्ने बताउदै काठमाडौं बागमती प्रदेशका १३ वटा जिल्लाको बीचमा छ, त्यसलाई प्रादेशिक राजधानी बनाउँ, चितवन र हेटौंडालाई जोडेर केन्द्रीय राजधानीको रुपमा किन विकास गर्न जोड गर्यौ ।
यस्तै उहाँले प्रदेश सरकार अल्पमतमा परेको भए पनि दिनगन्ती गनेर नबसि काम गरेर देखाउने बताउनुभयो ।उहाँले भन्नुभयो ‘प्रदेश सरकार निश्चित रूपमा अल्पमतमा छ, हामीलाई भन्नै पर्दैन । तर हामी दिनगन्ती गरेर बस्दैनौँ, बसेका छैनौँ’, । उहाँले बाग्मती प्रदेशको हितको लागि ‘प्रत्येक दिन, प्रत्येक घन्टा के गर्न सकिन्छ भनेर लागिरहेका बताउनुभयो ।
उहाँले समाजवादको लक्ष्य प्राप्त गर्न यो सरकार के गर्नुपर्छ भन्ने विषयमा आफू केन्द्रीत रहेको भन्दै छोटो समयमा राम्रो काम गरेर देखाउने बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित भएका छन् । कार्यक्रमको अध्यक्ष्ाता जिसस चितवनका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले गर्नुभएको थियो भने स्वागत मन्तव्य जिससकी उपाध्यक्ष मुना कुमारी श्रेष्ठले गर्नुभएको थियो ।
