काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठकले नेपाली काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ ।
मंगलबार साझँदेखि बसेको बैठक अहिले पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । आजको बैठकमा कुन मन्त्रालयमा कसलाई दिने भन्ने बारे टुंगोमा पुग्ने बताइएको छ । डा खड्काले बुधबार नै सपथ ग्रहण गर्ने तयारी गरिएको छ ।
बैठकमा नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव , डा। बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल लगायतको सहभागी रहेको छ ।
सरकार गठन भएको लामो समय बितिसक्दा पनि मन्त्रीपरिषदले अहिलेसम्म पूर्णता पाउन सकिरहेको छैन । मन्त्रीपरिषदरलाई पूर्णता दिन मन्त्रालयको टुंगो लगाउन अहिले सत्तारुढ गठबन्धनका नेताहरु छलफलमा लागिरहेका छन् ।
