मुग्लिन, पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण मंगलबार राति करिब १० ः३० बजेको समयमा पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं.४ स्थित नाग्दी खोला नजिकै पहिरो खस्दा राजमार्ग दुइतर्फी अबरुद्ध भएको हो । बुधबार विहान ४ : ४५ बजेदेखि पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
