• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

राष्ट्र बैंकको लुम्बिनी प्रदेशद्वारा अध्ययन प्रतिवेदन सार्वजनिकः चाउचाउदेखि सिमेन्टकाे उत्पादन क्षमतामा ह्रास


  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको लुम्बिनी प्रदेश कार्यालयले त्यहाँको आर्थिक गतिविधिसहितको प्रथम अर्धवार्षिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । अध्ययन प्रयोजनका लागि छानिएका उद्योगहरुमध्ये समीक्षा अवधिमा चाउचाउ, मदिरा, कागज, सिमेन्ट, आल्मुनियमका उत्पादन, प्लास्टिकको सामान र सेन्थेटिक कपडा उद्योगको क्षमता उपयोग घटेको देखिएको छ ।

    Advertisement

    तर, तोरीको तेल, गहुँको पिठो, पशुदाना र फलामको छड तथा पत्ति उद्योगको क्षमता उपयोग वृद्धि भएको अध्ययनबाट देखिएको छ । समीक्षा अवधिमा चाउचाउ उत्पादन गर्ने उद्योगले सबैभन्दा बढी ९४.०९ प्रतिशत क्षमता उपयोग गरेको देखिन्छ भने छनौटमा परेका उद्योगहरुको समग्र क्षमता उपयोग ४८.८० प्रतिशत रहेको देखिन्छ ।

     

    रुपन्देहीको बगाहामा ३६.८ हेक्टर बराबरको क्षेत्रफलमा भैरहवा विशेष आर्थिक क्षेत्रमा विद्युत सवस्टेसन बाहेक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न भएको छ । जम्मा ६९ प्लटहरुमध्ये ४७ प्लटहरुको सम्झौता भई उद्योग स्थापनाको कार्य अगाडि बढेको र सम्झौता भएकामध्ये ७ उद्योग स्थापनाको क्रममा छन्। जसमध्ये ३ उद्योगहरुले उत्पादन सुरु गरी निर्यात अगाडि बढाएका, १ ले हालसालै उद्योग स्थापना गरी उत्पादन सुरु गरेको र बाँकी ३ उद्योगले भौतिक पूर्वाधारको कार्य अगाडि बढाइरहेका छन् । सञ्चालनमा रहेका ३ उद्योगहरुले करिब २०० जनालाई रोजगारी दिने लक्ष्य राखेकोमा हालसम्म करिब ५० जनालाई रोजगारी प्रदान गरेका छन्।

    लुम्बिनी प्रदेशका १२ वटा जिल्लाहरुको स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा सूचनाको आधारमा तयार गरिएको आर्थिक वर्ष २०७७/७८ को प्रथम अर्ध–वार्षिक अध्ययन प्रतिवेदन तयार गरिएको हो । समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्रमा सामान्य ह्रास आएको छ ।

    समीक्षा अवधिमा प्रमुख खाद्य तथा अन्य बालीको उत्पादन ४.३६ प्रतिशतले घटेको छ । तरकारी तथा बागवानीको उत्पादन ०.८८ प्रतिशत र फलफूल तथा मसलाको उत्पादन ०.१७ प्रतिशतले बढेको छ ।

    समीक्षा अवधिमा प्रमुख पशुपन्छी, माछा, तथा वनजन्य उत्पादनमध्ये दूधको उत्पादन १.१८ प्रतिशत र माछाको उत्पादन २३.४६ प्रतिशतले घटेको छ भने मासुको उत्पादन ५.७० प्रतिशत, अण्डाको उत्पादन ७.०८ प्रतिशत र दाउराको उत्पादन १६.५८ प्रतिशतले बढेको छ ।

    समीक्षा अवधिमा कुल सिंचित क्षेत्रफल ०.७८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कृषि कर्जा २०.२७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा अध्ययनमा समेटिएका प्रमुख उद्योगहरुको क्षमता उपयोग औसतमा ४८.८० प्रतिशत रहेको छ ।

    समीक्षा अवधिमा औद्योगिक उत्पादनमध्ये तोरीको तेल २९.० प्रतिशत, मदिरा १२.७३ प्रतिशत, रोजिन १३८.७९ प्रतिशत, जीआइतार ५१.४३ प्रतिशत र बिजुलीको तार उत्पादन २५ प्रतिशतले बढेको छ भने चाउचाउ ४१.१० प्रतिशत, सेन्थेटिक कपडा ४४.०३ प्रतिशत र कागजको उत्पादन ८५.७२ प्रतिशतले घटेको छ ।

    समीक्षा अवधिमा औद्योगिक कर्जा २.८९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा पर्यटकस्तरीय होटल तथा लजको संख्या १५.२७ प्रतिशतले बढेको छ भने पर्यटक आगमन ८४.०७ प्रतिशतले घटेको छ ।

    समीक्षा अवधिमा घरजग्गा रजिष्ट्रेसन संख्या १७.७८ प्रतिशत र राजस्व २१.११ प्रतिशतले बढेको छ भने नक्सा पास संख्या २८.९४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा यातायातका साधनको कुल संख्या १३.८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कुल सेवा कर्जा १३.६८ प्रतिशतले बढेको छ ।

    बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.