• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उद्योगले मागेजति बिजुली दिन नसक्ने प्राधिकरणको हल्ला बढी, ५ वर्ष अघिको प्रतिवद्धता अझै अधुरै


  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको केही महिनापछि कुलमान घिसिङ नेपाल उद्योग वाणिज्य महासंघको सभाकक्षमा भएको एक कार्यक्रममा सहभागी भएका थिए । उनीसँगै ड्यासमा थिए तत्कालीन उर्जामन्त्री तथा हालका अर्थमन्त्री जनार्दन शर्मा । त्यसबेला लोडसेडिङ क्रमश हट्दै गएको थियो ।

    Advertisement

    विभागीय मन्त्रीसामू घिसिङले उद्योगीलाई भनेका थिए– तपाईहरु बिजुली खपत हुने खालका उद्योग लगाउनुस्, चाहिएजति बिजुली म दिन्छु । उनले सभाकक्षमा गरेको प्रतिवद्धता सुन्ने उद्योगी मात्रै होइन्, स्वयम् अर्थमन्त्री शर्मा पनि छन् ।

    कुलमानले सार्वजनिक कार्यक्रममै कुन कुन उद्योगलाई कति बिजुली चाहिन्छ, अहिल्यै नै भनिहाल्नुस्, भनेको ५ वर्ष बित्यो । लोडसेडिङ हटे पनि माग गर्ने कुनै पनि उद्योगले अहिलेसम्म बिजुली पाएका छैनन् ।

    घिसिङको भाषण पत्याएर तत्कालै अर्घाखाँची सिमेन्टले १० मेगावाट विद्युत् माग गर्दै विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयमा निवेदन दिएको अहिले ४ वर्ष पूरा भएको छ । घिसिङले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर बाहिरिए पुनः फर्किदा पनि अर्घाखाँचीले १० मेगावाट बिजुली अझै पाउन सकेको छैन्  ।

    ४ वर्षसम्म १० मेगावाट बिजुली दिन नसक्ने प्राधिकरणको नेतृत्व फेरि उद्योगले मागेजति बिजुली दिन भन्दै देश दौडाहमा निस्किएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कुन कुन उद्योगले कति बिजुली माग गरेका छन् भन्ने राम्रोसँग थाहा छ ।

    घोराही सिमेन्ट २० मेगावाट बिजुली मागेको झण्डै डेढ वर्ष भइसक्यो । अहिलेसम्म उनले लाइन पाउन सकेको छैन् । त्यसैगरी, श्री स्टिलले पनि नयाँ लोड मागेको एक वर्ष भन्दा बढी भइसक्यो ।

    हालसम्म उद्योगहरुले पाएका छैनन् । यस्तै नेपाल र चिनियाँ लगानीमा सञ्चालित होङसी शिवम सिमेन्टले बिजुली मागेको लामो समय भइसकेको छ । उसले बिजुली नपाउँदा जेनेरेटर चलाएर सिमेन्ट उत्पादन गरिरहेको छ ।

    होङसीलाई थप सिमेन्ट उत्पादन गर्न ८० मेगावाट बिजुली चाहिन्छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसम्म विद्युत पुर्याउने  घोषणा अनुसार लाइन बनिरहे पनि पुरा हुन सकेका छैनन् ।

    उद्योगका लागि बनाउन थालिएको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकिल्पिक व्यवस्था गरी विद्युत आपूर्ति दिन लागिएको प्राधिकरणले जनाएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको बीच खण्डबाट ‘ट्यापिङ’ गरी होङ्सी सिमेन्टलाई विद्युत आपूर्ति दिन लागिएको प्राधिकरणले जनाएको छ ।

    ४५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि जडित क्षमता बढेर १९०० मेगावाट पुगेको छ । बिजुली आपूर्ति बढी तर खपत हुन नसकेपछि केही दिनअघि आयोजनाको दुइटा टर्वाइन बन्द गरिएको थियो । बिजुली खपत बढाउन अहिले प्रसारण लाइन ठूलो समस्या भएको छ ।

    मागेका उद्योगलाई बिजुली दिन कुनै पहल नगर्ने घिसिङ उल्टै बिजुली मागेजति दिने भन्दै हिड्नु हास्यास्पद भएको उद्योगीहरु बताउँछन् । ‘पहिला बिजुली मागेका उद्योगलाई लाइन दिए पनि ठूलो न्याय हुन्छ,’ एक उद्योगीले भने, ‘काम भन्दा बढी गफ गरेकाले समस्या आएको हो ।’

    लोडसेडिङमुक्त भएर बिजुली आपूर्ति बढी भए पनि प्राधिकरणले खपत गर्ने उद्योगले मागेजति बिजुली आपूर्ति गर्न सकेको छैन् । उद्योगीले बिजुली मागेका छन् । तर, प्रसारण पूर्वाधारको समस्या देखाउँदै प्राधिकरणले बिजुली पुर्याउन सकेको छैन ।

    लोडसेडिङ हटे पनि प्रसारण लाइन पूर्वाधार निर्माण र गुणस्तरिय बिजुली आपूर्तिमा अझै पहलकदमी हुन सकेको छैन् । कुनै ठाउँमा पूर्वाधार बनेको छैन । पूर्वाधार बनाउन पहलकदमी नलिँदासम्म न उद्योग बिजुली पाउँछन्, न जलविद्युतमा लगानी गर्ने विकासकर्ता पूर्ण क्षमतामा बिजुली उत्पादन नै गर्छन ।

    कार्यकारी निर्देशक घिसिङ आफैले प्रसारण लाइन पूर्वाधारको अभावले उद्योगले मागेको जति बिजुली दिन नसकेको स्वीकार गर्छन ।
    ‘एकतर्फ देशभित्र उत्पादित विद्युत खपत गर्न नसकी दैनिक रुपमा लाखौं रुपैयाँ खेर फालिरहेका छौं भने अर्कोतर्फ पूर्वाधार अभावमा

    उद्योगहरुलाई मागेजति विद्युत दिन सकिरहेका छैनौं’ उनले भने ‘यस्तो पीडादायी अवस्थाको अन्त्य गर्न चाहन्छौं ।’ निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि उद्योगहरुलाई मागेअनुसार विद्युत दिन सकिने उनले बताए ।  उनले विद्युत खपत बढाउनु पर्ने अहिलेको  चुनौतीपूर्ण अवस्थामा आयोजनाहरुको काम समयमै सम्पन्न गरी सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

    बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.