• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भारतबाट सहज आयात भएकाले मूल्य बढ्ने सम्भावना छैन : व्यापारी


  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
  • दशैं तिहार ताका बजारमा प्याजको माग बढ्ने गर्छ । नेपाली बजारमा यस वर्ष पनि प्याजको मूल्य आकासिने सम्भावना रहेको चर्चा सुरु भए पनि सरकारी निकायले तत्काललाई भने त्यस्तो कुनै सम्भावना नरहेको बताएका छन् । नेपाली बजारमा प्याजको ठूलो मात्रा भारतबाट आयात हुने गर्छ । यस वर्ष पनि भारतमा प्याज महँगो हुने अनुमान गरिएको छ । जसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि देखिने आशङ्का गरिएको छ ।

    Advertisement

    गतवर्ष भदौ अन्तिममा भारतले प्याजको निर्यात रोकेपछि नेपालमा प्याज अभाव भएको थियो भने व्यापारीले प्याजमा मनोमानी शुरु गरेका थिए । गत वर्ष प्याज महँगिए र प्रति किलो १२० रुपियाँसम्म पुगेको थियो तर भन्सार विभागले यस वर्ष नेपाली बजारमा प्याजमा मूल्य वृद्धि हुने सम्भावना नरहेको जनाएको छ । भारतीय सञ्चारमध्यमले यस वर्ष पनि प्याजको मूल्यले उपभोक्तालाई रुवाउन सक्ने जनाइरहेको बेला भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले भारतबाट प्याज आयात भइरहेको कारण प्याजमा मूल्य वृद्धि सम्भावना नरहेको बताउनुभयो ।

    ‘भारतीय सञ्चारमाध्यहरुले प्याज महँगो हुने अनुमान गरे पनि अहिले त्यो खालको अवस्था छैन । किन भने भारतले प्याजमा प्रतिबन्ध लगाएको छैन,’ निर्देशन खड्काले भन्नुभयो, ‘गतवर्ष प्रतिबन्धको कुरा थियो । जसले गर्दा प्याजको मूल्य आकासिएको थियो । उत्पादन घटेर बजारमा मूल्य आकासिन थालेपछि आन्तरिक माग धान्न गाह्रो पर्ने भन्दै भारतले प्याज निर्यातमा रोक लगाएको थियो तर अहिले त्यो खालको अवस्था छैन ।’

    विभागले आर्थिक वर्ष ०७७/७८ मा भारतबाट करीब एक लाख २७ हजार मेट्रिक टन प्याज आयात भएको छ । यसैगरी चालू आर्थिक वर्ष ७८/७९ मा एक लाख २६ हजार नौ सय मेट्रिकटन प्याज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार साउनमा मात्रै १३ हजार ७१४ मेट्रिक टन प्याज भारतबाट नेपाल भित्रिएको छ । साथै चीनबाट पनि साउन महिनामा १० मेट्रिकटन प्याज नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । यता कृषि विभागका वागवानी विकास अधिकृत मधुसुदन घिमिरेले आर्थिक वर्ष २०७६/०७७ मा नेपालमा दुई लाख ८५ हजार ९२६ मेट्रिक टन प्याज उत्पादन भएको जानकारी दिनुभयो । भन्सार विभागका निर्देश पुण्यविक्रम खड्काले नेपालमा उत्पादन कम हुने हुँदा प्याजका लागि भारतको भर पर्नुपरेको बताउनुभयो ।

    यता काठमाडौंको मुख्य तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भदौ महिनामा कालीमाटी तरकारी बजारमा दुई हजार ९८५ मेट्रिक टन भित्रिएको बताउनुभयो । सूचना अधिकारी श्रेष्ठले यो पटक दशैं तिहारमा ज्याज अभाव हुने सम्भावना नदेखिएको बताउनुभयो । ‘अघिल्लो वर्ष भारतले प्याज आयातमा प्रतिबन्ध गरेको थियो । यो पटक अहिले त्यो किसिमको संकेत देखिएको छैन । त्यसले गर्दा यो पटक समस्या नहोला,’ उहाँले भन्नुभयो,‘नेपालमा प्याज भित्रिने भारतबाटै हो । भारतबाट प्याज आयात भइरहेको छ । जसले गर्दा अहिलेसम्म त्यो किसिमको समस्याहरु र समस्याका संकेतहरु देखिएको छैन । यसले गर्दा यो पटक समस्या नहोला ।’

    उहाँले दुई हजार ९८५ मेट्रिक टन भनेपछि कालिमाटी तरकारी बजारमा दैनिक भारतबाट एकसय टनको हाराहारीमा प्याज नेपाल भित्रिरहेको बताउनुभयो । दशैंलाई लक्षित गर्ने हो भने अहिलेको भन्दा बढी प्याज भित्रिन सक्ने उहाँको अनुमान छ । तर भारतमा प्याज अभाव भयो भने नेपालमा पनि अभाव हुने उहाँले बताउनुभयो । ‘हाम्रो आन्तरिक उत्पादन धेरै छैन । प्याज आयात हुने भारतबाटै हो । भारतले प्याज आयातमा प्रतिबन्ध गर्यो भने यहाँ अभाव हुनसक्छ । प्रतिबन्ध नगरेर मूल्यवृद्धि गर्यो भने यहाँ पनि प्याजमा मूल्यवृद्धि हुनसक्छ,’ उहाँले भन्नुभयो । नेपाल प्याजको लागि भारतमै निर्भर रहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

    भारतीय सञ्चारमाध्यम आजतकले भारतमा प्याज मूल्यवृद्धि हुने मुख्य कारण मनसुन रहेको जनाएको छ । मनसुनका कारण प्याजको बाली तयारी हुन समय लागिरहेको आजतकले जनाएको छ । जसका कारण यसवर्ष पनि प्याजको मूल्य उच्च हुने जनाएको छ । चक्रवातका कारण प्याजको बफर स्टकको अवधिमा पनि कमी भइरहेको छ । जसले प्याजको मूल्यमा असर पर्ने आंकलन गरिएको छ । क्रिसिल रिसर्चको एक रिपोर्टअनुसार अक्टोबर–नोभेम्बरमा प्याजको मूल्य उच्चस्तरमा पुग्ने देखिएको छ ।

    भारत प्याजमा संसारकै ठूलो निर्याकर्तामध्ये एक हो । भारतले आफ्नो मुलुकमा प्याजको आपूर्ति कम भएपछि प्याज नियात रोक्दै आएको छ । भारतमा हरेक महिना औसत १३ लाख टन प्याज खपत हुने जनाइएको छ । यसअघि भारतले सन् २०२० र २०१९ मा प्याजको निर्यात बन्द गरेको थियो । क्रिसिल रिसर्चको रिपोर्टअनुसार २०१८ को तुलनामा प्याजको मूल्य करिब एकसय प्रतिशतसम्म वृद्धि हुनसक्छ । मनसुनका कारण महाराष्ट्रमा प्याजको बालीको रोपाइँमा समस्या आएको थियो । सन् २०२० को तुलनामा यसपालि एकदेखि पाँच प्रतिशतसम्म प्याजको उत्पादन घट्ने अनुमान गरेको छ ।

    सन् २०१८ प्याजको मूल्यको मामिलामा एक सामान्य वर्ष मानिन्छ । तबदेखि यो एकस्थिर वृद्धि देखिएको छ । सन् २०२० मा पनि प्याजको मूल्य सन् २०१८ को तुलनामा झण्डै दोब्बर भएको थियो । सोमबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भारतीय प्याजको मूल्य न्यूनतम ४४ रुपियाँ, अधिकतम ४६ रुपियाँ र औसत ४५ रुपियाँ थियो ।

    बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.