• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

खोपप्रति विश्वास बढ्दो


  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
  • राजधानीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । चीनबाट ल्याइएको ४४ लाख मात्रामध्ये दोस्रो मात्रा सिभिल अस्पतालसहित अन्य खोप केन्द्रमा दिइएको हो ।
    खोप केन्द्रमा मङ्गलबार दिउँसो अस्पताल परिसरबाट सुरु भएको लाइन तेस्रो लाइन लगाउँदा पनि ठूलो भीड थियो । झन्डै एक हजारको हाराहारीमा मानिस खोप लगाउन लामबद्ध बसेका थिए । उक्त लाइनलाई नियन्त्रण गरी खोप लगाउन नेपाल प्रहरीलाई हम्मेहम्मे परेको थियो । युवा वृद्ध लाइनमा खोप लगाउन उत्सुकताका साथ बसेको देखिन्थे ।

    Advertisement

    यस्तै थापाथलीस्थित प्रसूति गृहमा समेत कोरोनाविरुद्धको खोप लगाउनेको लाइन युएनपार्क नजिकै पुगेको थियो । सुरुमा कोरोनाविरुद्धको खोप आउँदा प्रयोग गर्न नेपालमा ल्याइएको हो, लगाउनै हुन्न भन्दा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य पत्रकारहरूले त्यसबारे जनचेतना फैलाउने काम गरेका थिए । कतिपय स्वास्थ्यकर्मी र वरिष्ठ चिकित्सकहरू नै कोरोना खोप नेपालमा प्रयोग गर्न ल्याइएको हुनाले लगाउनै हुन्न भन्दै हिँड्थे तर अहिले त्यो अवस्था नभएको बताइन्छ ।
    कोरोनाविरुद्धको खोप लगाउन सिभिलमा आउनुभएका अर्जुन बेल्बासे लाइन लाग्दा बेलुकासम्म समय लाग्ने भन्दै कोही साथीलाई फोन गर्दै हुनुहुन्थ्यो । उहाँले लामो लाइन देखेपछि साथीले कालीमाटीस्थित एक विद्यालयमा लाइन नभएको खबर पाएर उहाँ कालीमाटी जानुभएको थियो । बेल्बासेले सुरुमा खोपप्रति आफूलाई पत्यार नलागेको भन्दै दोस्रो लहरमा भने कोरोनाबाट बच्न खोप नै अचुक औषधि रहेछ भन्ने बुझेको बताउनुभयो ।

    यस्तै उक्त अस्पतालमा भेटिनुभएकी शान्तिनगर बस्ने विद्या कार्की बिहान १० बजे खोप लगाउन आउनुभएको थियो । लाइन बसेरै भए पनि खोप लगाउन बस्नुभएका उहाँलाई खोप लगाउँदा २ बजिसकेको थियो । चार घण्टा उभिएर लाइनमा बसेपछि मात्र खोप लगाउन पाउनुभएकी विद्याले आफूलाई खोपप्रति विश्वास लागेरै खोप लगाउन आएको बताउनुभयो । खोप लगाउन आउनुभएकी सुरक्षा शर्मा सुरुमा खोप लगाउने र कार्यालयको काम पनि पूरा गर्ने भनेर आउनुभएको रहेछ तर खोप लगाउनेको लाइन देखेपछि कार्यालयमा नआउने जानकारी गराउनुभयो । यति धेरै लाइन त मैले देखेकी थिइनँ, धेरैमा खोपप्रति विश्वास बढेछ, शर्माले भन्नुभयो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सुरुमा खोपप्रति विश्वास जगाउन मन्त्रालयले धेरै प्रयत्न गरेपछि विस्तारै मानिसले खोपप्रति बुझ्दै गएको बताउनुभयो । खोप लगाइसकेपछि पुनः कोरोना नलाग्ने भन्ने भ्रम फेरि चिर्नुपर्ने भन्दै उहाँले खोप लगाएका मानिसलाई अस्पताल भर्ना गर्न नपर्ने बताउनुभयो । खोपप्रति मानिसको आकर्षण बढेको उहाँले बताउनुभयो ।
    स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले सुरुसुरुमा खोप लगाउन आउनुस् भन्दा नआएको स्मरण गर्दै अहिले भने धेरै मानिस खोप लगाउन प्रोत्साहित भएको बताउनुभयो । खोप लगाउन हुन्न भन्नेहरू बाँकी नरहेको भन्दै उहाँले कोरोनालाई जित्नका लागि खोप मात्र एक विकल्प भएको बताउनुभयो । काठमाडौँमा दोसो मात्रा खोप सञ्चालन भइरहेको भन्दै उहाँले दुई लाख ४० हजारभन्दा बढीलाई दोस्रो मात्रा खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो । खोप शाखा प्रमुख सागर दाहालले खोप लगाउनेको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।

    बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.