• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्राइभेट रेलको प्रवेशपछि कंकोरले घटायो ३० प्रतिशत भाडा, जीएसटी पनि खारेज


  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
  • काठमाडौ । सामान ढुवानीमा निजी रेलको प्रवेशपछि कंकोरले ३० प्रतिशत भाडा घटाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय र भारतबीच निजी रेलले नेपालमा पनि सामान ढुवानी गर्न सक्ने सम्झौतापछि पहिलो पटक निजी रेल सामान बोकेर ल्याएसँगै कंकोरले भारी मात्रामा भाडादर कटौति गरेको हो । त्यसैगरी कंकोरले गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) पनि नलगाउने निर्णय गरेको छ ।

    Advertisement

    यसअघिसम्म रेल सेवामा एकाधिकार गर्दै आएको कंकोरले निजी रेललाई चुनौति नै दिएर भाडादर घटाएको हो । हिन्द टर्मिनलले नेपालमा सेवा सुचारु गरेपछि कंकोरको एकाधिकार तोडिएको छ भने भाडामा समेत नेपाली व्यवसायीलाई ठूलो राहत दिएको छ । नेपालमा प्रिन्टाइनले पनि रेलमार्फत सामान ढुवानी गर्न खोजिरहेको छ । कंकोरले निजी क्षेत्रका रेललाई चुनौति दिएर भाडा घटाएको हो ।

    यसअघि न्यूनतम ३० हजार भारु रहेकोमा भाडादर ३० प्रतिशत घटाएर २० मिटर कन्टेनरको २१ हजार भारुमा झारेको छ । त्यसैगरी, ४० मिटर कन्टेनरको न्यूनतम ३७ हजार भारुमा झारिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस अघि ५३ हजार भारु थियो ।
    कंकोर भारतको रेलवे बोर्डको सहायक कम्पनीमार्फत चलाइएको छ । तर, पनि कंकोरमा पनि निजी क्षेत्रको सेयर बढाइसकेका छन् ।

    कंकोरमा निजी क्षेत्रको पनि झण्डै ६५ प्रतिशत भन्दा बढी सेयर छ । तर, निजी रेलको भन्दा कंकोरको बजार हिस्सा ठूलो छ । कंकोरसँग निजी रेलको तुलनामा धेरै रेकहरु छन् । योसँग २०० भन्दा बढी रेक छ ।

    ‘कंकोरले निजी रेललाई आफ्नो चुनौति रुपमा लिएको छ र सेवालाई थप प्रभावकारी बनाउने सम्भावना पनि उत्तिकै रहेको वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैजु बताउँछन् ।

    कंकोरले यसपटकबाट जीएसटी पनि नगलाउने निर्णयलाई कार्यान्वयन गरेको छ । वाणिज्य मन्त्रालय र भारतबीच भएको सहमतिमा पहिल्यै जीएसटी नलगाउने सहमति भइसकेको थियो । तर, कंकोरले कार्यान्वयन गरेको थिएन । तर, अहिले निजी रेल प्रतिस्पर्धामा उत्रिएपछि जीएसटी पनि नलगाउने निर्णय गरेको उनको भनाइ छ ।

    २०१७ मै जीएसटी लागू नगर्ने सहमति भइसकेको थियो । तर, कार्यान्वयनमा आउन सकेको थिएन । कंकोरले सूचना नै जारी गरेपछि पनि जीएसटी लगाइरहेको थियो ।

    केही दिनअघि मात्रै कंकोरले जीएसटीसमेत जोडेर भाडादरको सूचना निकालेको थियो । तर, निजी रेलले सेवा नै दिन थालेपछि तत्काल जीएसटी खारेज गरेर नयाँ भाडादर तय गरेको हो ।

    कंकोर र निजी रेलबीच हुने प्रतिस्पर्धाले नेपाली व्यवसायीलाई ठूलो फाइदा पुग्ने सरकारी अधिकारीहरु बताउँछन् । भारतमै प्राइभेट रेलवे अपरेटलाई खुला गरेपछि कंकोरमा पनि इफिसिएन्सी ह्वात्तै बढेको हो । अब नेपालतर्फको कार्गोमा पनि कंकोरले आफ्नो इफिसिएन्सी बढाउने सम्भावना छ ।

    भारतमा प्राइभेट रेलवे अपरेटरले दिने सेवा उच्चस्तरीय छ । मूल्य त एकातिर भइहाल्यो, त्यसबाहेक अन्य धेरे सुविधा निजी क्षेत्रका रेलले दिन सक्छन् । जस्तो, प्राइभेट रेलवेले त्यही हाराहारी वा त्यो भन्दा केही प्रतिशत महँगो भाडा लिए पनि छिटै सामान डेलिभरी गर्यो भने त्यो बढि फलदायी हुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

    ‘अहिले कोलकात्ताबाट ५ दिनमा वीरगंज सामान आइरहेको छ । त्यो एक दिन मात्रै घट्यो भने पनि ठूलो कुरा हुन्छ,’ सैंजुले भने, ‘यतातिर निजी रेलले फाइदा दिन सक्छ ।’ पहिले पहिले त कुन दिन सामान आइपुग्छ भन्ने टंगो हुँदैन थियो । तर, पछि इलेक्ट्रोनिक ट्याकिङ लागू गरेपछि ७ देखि ९ दिन हाराहारीमा सामान आइरहेको छ ।

    नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा कोन्करलाई एकाधिकार दिएको थियो । ३ महिनाअघि मात्रै सम्झौता संशोधन भएको थियो । त्यसपश्चात पहिलो पटक निजी रेलबाट ढुवानी गर्न सकिएको थियो ।

    संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो ।

    एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्फत ढुवानी सेवा दिइरहेका छन् । त्यसमध्ये केही कम्पनीले नेपालमा सेवा दिने तयारी गरिरहेका छन् ।

    रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । अहिले वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालन गरिहेको प्रिस्टाइन भ्यालीको मुख्य साझेदार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ ।

    बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.