काठमाडौं – गए राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा साविकको विजेता इन्टर मिलानले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा इन्टर मिलानले घरेलु टोली फियोरेन्टिनालाई ३–१ गोलले पराजित गर्यो । उक्त खेलमा इन्टरको लागि माटियो डर्मिएन, इडेन जेको र इभान पेरिरिसले एक एक गोल गरे । यस्तै घरेलु टोलीका लागि रिक्कार्डो सोट्टिलले गोल गरे ।
खेलमा इन्टरले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिन सफल भएको थियो । जितसँगै इन्टर ५ खेलमा १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।यस्तै पराजित भएको फियोरेन्टिना ९ अंकसहित छैटौं स्थानमा रहेको छ ।
