काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा एट्लेटिको म्याड्रिडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा एट्लेटिको म्याड्रिडले गेटाफेलाई २–१ गोलले पराजित गरेको हो ।
उक्त खेलमा उरुग्वेली फरवार्ड लुइस सुआरेजले दुई गोल गरेर टिमलार्य जित दिलाए । पहिलो आफको अन्तिम समयमा गेटाफेका स्टेफन मित्रोभिकले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि ७४औं मिनेटमा कार्लोस एलेनाले दोहोरो पहेँलो कार्ड खाँएर मैदान बाहिर गए । एलेनाले बाहिर निस्किएपछि दवावमा आएको गेटाफले थप गोल गर्न सकेन । खेलको ७८औं मिनेटमा लुइस सुआरेजले गोल गरी एट्लेटिकोलाई बराबरीमा पुर्याए ।
त्यसपछि खेलको इन्ज्युरी समयको थप एक मिनेटमै सुआरेजले गोल गरी एट्लेटिकोलाई जित दिलाए । जितसँगै एट्लेटिको म्याड्रिड १४ अंकसहति शीर्षस्थानमा र गेटाफे अंकविहीन रहेको छ ।
