काठमाडौं – भारतले थप १० लाख डोज कोरोनाविरुद्धको कोभिशिल्ड खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले उपलब्ध गराउने थप १० लाख डोज खोप अब छिट्टै नेपाल आउने बताए ।
गएको वर्ष भारतको पुनेस्थित सेरम इन्स्टिच्युटबाट माग गरेको २० लाख डोज कोभिशिल्ड खोपमध्ये बाँकी १० लाख डोज नेपालले पाएको छैन । भारतले खोप अभाव भएको भन्दै नेपाललाई थप डोज दिन मे महिनादेखि नै रोकेको थियो ।
भारतीय समाचार संस्था एएनआईलाई आचार्य भने ‘आउनुपर्ने बाँकी १० लाख डोजसहित खोप आपूर्ति पुनः सुरु हुने आशा गरेका छौं । कोभिडविरुद्धको लडाइँमा हामीले भारतबाट अक्सिजन प्लान्ट र औषधिसमेत प्राप्त गरेका छौं,’
