काठमाडौं – पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् ।
बिहिबार क्रिकेटर अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न काठमाडौं आइपुगेका हुन् । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा ईपीएलको चौथो संस्करण शुरु हुँदैछ ।
उक्त खेलमा उनी काठमाडौं किङ्ग्स ११ बाट खेल्नेछन् । अफ्रिदी काठमाडौं किङ्ग्स(११ बाट दुई खेल मात्र खेल्ने बताइएको छ ।
