• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चन्द्रागिरिमा यस्तो बन्दैछ साढे ४ करोड लगानीको खसी बजार


  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • चन्द्रागिरि नगरपालिका वडा–१ दहचोकमा खसी बजार सञ्चालनमा आउने भएको छ।

    Advertisement

    चौपाया खरिद-बिक्री सेवा संघको पहलमा उक्त बजार सञ्चालनमा ल्याउन लागिएको संघका अध्यक्ष दीपक थापाले जानकारी दिए।

    ‘अहिले बजार निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘बीचमा केही समस्या आएन भने यो दसैंमै सञ्चालनमा ल्याउँछौं।’

    थापाका अनुसार बजार बीस रोपनी जग्गामा बन्दैछ। उनीहरूले १५ वर्षको सम्झौता गरी यो जग्गा भाडामा लिएका छन्। वैशाखदेखि नै बजार बनाउन सुरू गरे पनि बीचमा लकडाउन र कामदार अभाव हुँदा ढिला भएको उनी बताउँछन्।

    यसको कुल लागत साढे चार करोड रूपैयाँ अनुमान गरिएको छ। हालसम्म दुई करोडमाथि खर्च भइसकेको अध्यक्ष थापाले जानकारी दिए।

    संघले बजार सञ्चालनका लागि नेपाल चौपाया खरिद-बिक्री तथा कृषि फार्म ग्रुप प्रालि कम्पनी दर्ता गरेको छ।

    कम्पनीमा पाँच जना कार्य समितिमा छन् भने अहिलेसम्म ४५ जना सेयर सदस्य छन्। विस्तारै सेयर सदस्य बढाउँदै जाने कम्पनीको योजना छ। कम्पनीका समेत अध्यक्ष रहेका थापाका अनुसार सेयर सदस्यमा सबभन्दा बढी व्यापारीलाई जोड दिइनेछ।

    कलंकी खसी बजार विचौलियाले भरिएकाले स्वच्छ बजारका लागि दहचोकमा निर्माण गर्न लागिएको उनको भनाइ छ।

    ‘अन्य बजारमा धेरै समस्या छ। किसानले आफ्नो उत्पादन ल्याएर बेच्न पाउँदैनन्। सबै काम प्रणालीमा लैजाऊँ भनेर हामीले यो बजार सञ्चालनमा ल्याउन लागेका हौं,’ उनले भने।

    यो बजारले यहाँ उत्पादन हुने खसी-बोकाको बजार सुनिश्चित गर्न सघाउ पुर्‍याउने विश्वास उनीहरूको छ। अन्य बजारभन्दा यो फरक र व्यवस्थित हुने दावी पनि उनले गरे।

    ‘कलंकी लगायत अन्य खसी बजारमा किसानलाई स्टोर दिइँदैन। हामीले किसानलाई पनि समेट्ने योजना बनाएका छौं,’ उनले भने।

    बजारमा अगाडिपट्टी दुई तला टहरामा १५ वटा सटर बनाइएको छ। त्यस्तै पछाडि पनि केही भाग खाली राखेर दुई तलामा १५ वटै सटर बन्दैछन्। त्यहाँ किसान तथा व्यापारी दुवैले न्यूनतम शुल्क तिरेर खसी बेच्न सक्छन्।

    एउटा सटरमा भने कम्पनीले आफैं मासु काटेर बेच्ने योजना बनाएको छ।

    ‘हामीलाई दिए हामी बेच्छौं। नभए किसानले पनि त्यही राखेर बेच्न पाउँछन्,’ थापाले भने, ‘तर न्यूनतम शुल्क दिनुपर्छ। त्यो हामी पछि नै निर्धारण गर्छौं।’

    उनका अनुसार यो बजारमा तुरून्तै मासुमा लैजान नसकिने साना पाठा–पाठीका लागि भित्रै चरनको व्यवस्था पनि छ। अनि सबै चौपायाको स्वास्थ्य परीक्षण गरेर मात्रै बजार पठाउने व्यवस्था गरिनेछ।

    ‘यहाँ भेटेरिनरीका लागि सम्बन्धित निकायमा पत्र पठाउँछौं,’ उनले भने, ‘उताबाट पठाएनन् भने आन्तरिकबाट भए पनि व्यवस्थापन गर्छौं।’

    बजारभित्र खाना–खाजाका लागि दुइटा क्यान्टिन हुनेछ। शौचालय पनि बन्नेछ। यहाँको फोहोर व्यवस्थापनका लागि कम्पनीले चन्द्रागिरि नगरपालिकासँग सम्झौता गरेको छ।

    ‘केही फोहोर नगरपालिकाले उठाउँछ। अन्यलाई कोइला र मल बनाउने सोचेका छौं,’ थापाले भने।

    पशु ढुवानीमा व्यापारीलाई सजिलो होस् भनेर कम्पनी आफैंले गाडी व्यवस्था गर्ने योजना बनाएको छ।

    थापाका अनुसार यो बजारको मुख्य विशेषता भनेको व्यापारी उपभोक्ता, किसान र राज्यलाई राखेर दैनिक खसीको मूल्य निर्धारण गरिने छ।

    यसले राज्यलाई बजार अनुगमन गर्न सहज हुने र उपभोक्ता नठगिने उनको भनाइ छ।

    ‘हामीलाई राज्यले कालोबजारी गर्‍यो भन्छन्। अब हामी सम्बन्धित निकायको संलग्नतामा दैनिक मूल्य निर्धारण गर्छौं,’ उनले भने।

    सरकारले दसैंका समयमा दुई हजार २५ सय खसी बोका ल्याएर बजार नियन्त्रण नहुने उनले बताए। सरकारी अनुदानमा ल्याएर घाटा खाएर दस दिन व्यापार गर्दैमा बजार नियन्त्रण नहुने उनको भनाइ छ।

    त्यसको साटो वर्षौंदेखि यही पेसामा लागेकालाई राज्यले सहयोग गरेर मूल्य निर्धारण गर्नुपर्ने उनले बताए।

    ‘राज्यले व्यापार गर्दा सम्बन्धित हाकिमलाई मात्रै फाइदा हुने हो। बरू हामीलाई ढुवानीमा अनुदान दिने हो भने सबै उपभोक्तालाई फाइदा हुन्छ,’ उनले भने।

    लामो समय खसी व्यवसायमा संलग्न रहेकाले आफूहरूलाई बजार चलाउन सहज हुने अध्यक्ष थापा बताउँछन्। खसीका उत्पादनका लागि कम्पनीले विभिन्न जिल्लाका ग्रामीण भेगका किसानसँग सहकार्य गरेको छ।

    कम्पनीमा किसान, संकलनकर्ता, खरिद–बिक्री गर्ने सबैलाई जोड्दै लैजानु कम्पनीको मुख्य उद्देश्य हो।

    उत्पादन प्रवर्द्धन, संकलन सहजीकरण र बजार सुनिश्चितताका लागि कम्पनीले काम गर्ने नेपाल चौपाया खरिद-बिक्री तथा कृषि फार्म ग्रुप प्रालिका सचिव युवराज पराजुलीले बताए।

    ‘यहाँ खसी-बोका कति उत्पादन हुन्छ, कति आयात हुन्छ यकिन तथ्यांक छैन,’ पराजुलीले भने, ‘हामी त्यसका पनि तथ्यांक निकाल्छौं।’

    खसी-बोकाको उत्पादन बढाउन किसानसँग सहकार्य गर्ने र आर्थिकदेखि प्रविधिसम्म सहयोग गर्ने पनि उनले बताए।

    थापाका अनुसार सरकारले माछामासुमा आत्मनिर्भर भयौं भने पनि स्वदेशी उत्पादनले ६० प्रतिशत मात्रै माग धानेको छ। ४० प्रतिशत बाहिरबाटै आउँछ।

    आगामी दिनमा सम्भावित जिल्लामा चौपाया कृषि उत्पादन संकलन वितरण शाखा बजार र सातै प्रदेशमा क्षेत्रीय बजार समेत निर्माण गर्ने कम्पनीको योजना छ।

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.