काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन फागुनमा हुने भएको छ । तनहुँको बन्दीपुरमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले फागुनमा जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय गरेको हो ।
उनले महाधिवेशन फागुनमा नै गर्ने निर्णय भएको तर मिति भने नतोकिएको बताइन् । बैठकले एमसीसी सम्झौता ‘राष्ट्रघाती’ भन्दै त्यसलाई पास हुन नदिन राष्ट्रवादी शक्तिसँग मोर्चाबन्दी गर्ने निर्णय पनि गरेको छ ।
यस्तै भ्रष्टाचारका विरुद्ध सडकमा प्रर्दशन गर्ने, स्वास्थ्य सामग्री खरीदका समयमा बाहिर आएका अनिमितता घटनाप्रति पार्टीको गम्भीर ध्यानाकार्षण भएको थापाले बताइन् । बन्दीपुर माउन्टेन रिसोर्टमा भएको बन्द प्रशिक्षणमा भाग लिन महासचिव विप्लव पनि आएका थिए ।
