काठमाडौं – शुक्रबार बसेको राष्ट्रिय सभाको बैठक असोज ११ गतेसम्मको लागि स्थगित भएको छ । शुक्रबारको पहिलो बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो । तर, दोस्रो बैठक नबसी सूचना टाँसेर स्थगित गरिएको छ ।
अब अर्को बैठक असोज ११ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ । शुक्रबारको बैठक शुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए ।
बैठकमा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक २०७८ प्रमाणिकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । यसपछि आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरिएको थियो ।
