• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्रचण्ड र ओलीको चुनावी रन्को


  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्।

    Advertisement

    एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार फरक फरक स्थानमा दिएका अभिव्यक्तिले यी दुवै दल निर्वाचनबारे चिन्तित हुन थालेको संकेत गरेको छ।

    दुई, दुईपटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष ओलीका हरेक अभिव्यक्ति चुनावमय हुने गरेका छन्। उता माओवादी अध्यक्ष दाहालका अभिव्यक्ति पनि चुनाव केन्द्रित भएर आउन थालेका छन्।

    एमाले अध्यक्ष ओलीले देशव्यापी रूपमा संगठन निर्माणका क्रममा आगामी निर्वाचनमा बहुमत ल्याउने दाबीसहित अभिव्यक्ति दिइरहेका बेला बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि जनवर्गीय संगठन वाइसिएलको कार्यक्रममा निर्वाचन केन्द्रित अभिव्यक्ति दिए।

    बिहीबारको कार्यक्रममा ओलीले सबै विकास निर्माणको स्वरूप आफ्नो सरकार भएका बेला तयार पारेकाले वर्तमान सरकारले स्विचमात्रै थिच्ने काम गरेको दाबी गरे। यस्तो कामले वर्तमान सरकारको कुनै अस्तित्व नहुने उनको जिकिर थियो।

    विकास निर्माणदेखि सबै कार्यले गर्दा अन्य दलहरू आफ्नो पार्टीको छेउमा कम्मरमुनि मात्रै आउने दाबीसमेत उनले गरे। ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न सक्दैनौ। मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक किन लगाउनु। एमालेविरुद्ध केके न गरेको भन्छन्।

    एमालेलाई खुब नोक्सान पारेको भन्छन्। तर सबै मिल्दा पनि कति छन् ? हाम्रो कम्मर–कम्मरआइपुग्छन्, त्यत्ति न हो’, ओलीले भने। उनले गठबन्धन मिलेर आए पनि एमाले एक्लै निर्वाचनमा जान सक्षम रहेको दाबी गरे।

    उता माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि अबको निर्वाचन २०६४ को जस्तै बनाउनुपर्ने भन्दै वाइसिएललाई त्यसै अनुसार तयारी गर्न निर्देशन दिए। ‘मतपत्रको बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्न खोज्नेलाई लखेट्नुपर्छ। हामीले त्यो बेला कति गरेका थियौं, तपाईंहरूले कति गर्नुभयो २०६४ मा। गर्नुपर्ने पनि गरियो, नगर्नुपर्ने पनि गरियो र पो जितियो।

    अब पनि त्यही परिस्थिति निर्माण हुँदैछ नत्र गुन्डाहरूले जे पनि गर्नेछन्’, दाहालले भने। त्यही क्रममा उनले आफूलाई सच्याएर रूपान्तरण हुने जनाए। ‘पहिला म सच्चिनुपर्छ, मेरो रूपान्तरण हुनुपर्छ त्यसकारण म आफैं सच्चिँदै छु’, दाहालले भने। यति बेला ओली र दाहाल एकअर्कालाई गाली गर्न व्यस्त देखिएका छन्। ओलीले दाहालका विरुद्ध विष बमन गर्ने र दाहालले ओलीका विरुद्ध विष बमन गर्ने क्रम बढिरहेको छ। समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.