कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक संचालक समितिको बिहीबारको बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत वर्ष यसले ४.४ प्रतिशत बोनस र कर तिर्न ०.२३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकले १८.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले सेयर पाउनेछन् ।
