असोज ९ गते विस्व फर्मासिस्ट दिनको अवसरमा नेपाल फार्मेसी संघ, चितवन शाखाले बिभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । बिहान ७:०० बजे सिएमसी हास्पिटलबाट प्रभातफेरी सुरू गरिने र दिउसों अन्तरक्रिया कार्यक्रम आयोजन गरिएको आयोजकले जनाएका छन् ।
अन्तरक्रिया कार्यक्रममा औषधि ब्यवस्था बिभागका महानिर्देशक श्री नारायण प्रसाद ढकालको समेत उपस्थिति रहने आयोजक बिनोद पन्तले भि ग्रुप मिडिया नेटवर्कलाई जानकारी दिनु भयो ।
साथै उक्त कार्यक्रममा उपस्थितिको लागि सम्पुर्ण फार्मेसी पेशाकर्मीहरुलाई आह्वान गरिएको छ ।

