बिशाल अंगाई, चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले चोरीको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । भरतपुर क्षेत्र आसपासमा चोरी गरी लुकिछिपी बस्दै आएकी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ५ बस्ने २४ बर्षीय पुष्पा सिटौलालाई बुधबार पक्राउ गरेको हो ।
चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं. १० बस्ने सावित्री दवाडीको घरबाट कोही मानिस नभएको मौका छोपी बिभिन्न सुनका गरगहना र नगद समेत चोरी भएको हो । चोरी गरेका गहना,नगद र चाल्चा फुटाउन प्रयोग हुने फलामको रड समेत बोकी हिँडेको अवस्थामा निजलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
नगद, सुनका गहना, कैंचि, मोबाईल समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी सिटौलालाई चोरी तथा डाँका सम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको चितवन प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापा जानकारी दिएका छ्न् ।
