• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ईश्वर पोखरेल एमालेको भित्ते अध्यक्ष


  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । पानी ट्यांकीमा पैसा राख्ने, नेपाली जनताको सम्पत्ति विवादित व्यापारी यति समूहलाई सुम्पने, सरकारी खरिदमा सधै भ्रष्टाचार मात्रै गर्नुपर्ने र त्यसमा पनि आफ्नै छोराको कम्पनलिाई दिलाउनुपर्ने विशेष क्षमता भएका व्यक्तिका रुपमा परिचित छन् ईश्वर पोखरेल । सधै पद प्रतिष्ठा चाहिने, विशेष स्वभाव भएका पोखरेलले  खड्ग ओलीको कार्यमालमा सधै पद र प्रतिष्ठा हत्याए ।

    Advertisement

    काठमाडौँ क्षेत्र नै ५ बाट वाग्मती प्रदेशसभामा निर्वाचित नारायण सिल्वालले नै पोखरेलले के के हर्कत गरे भन्ने बारेमा बताउने गरेका छन् । उनले आफना सार्थी भाइसँग महासचिव भनेर के गर्नु पोखरेल त पैसाका लागि हुरुक्कै हुने व्यक्तिका रुपमा रहेछन् भनेर पटक पटक भन्ने बारेमा छन् । युवा संघका नेता बताउने प्रभातविक्रम कटुवाल, गोरखाका आरसी लामिछानेहरुले पनि पोखरेलको विशेषताका बारेमा राम्रै जानकारी दिने प्रयास गर्छन् बेलाबेलामा ।

    आजीवन ओलीका लागि महासचिव बनीदिन तयार भएका पोखरेलको अवैध कमाई जोगाउनकालागि पनि उनलाई ओलीसँग बस्नै पर्ने वाध्यता छ । कहिल्यै अध्यक्ष बन्न नदिने ओलीको योजना उनले थाहा पाएर पनि थाहा नपाएको जसरी बसीरहेका छन् ।  उनका केही मानिसले भावी अध्यक्षको रुपमा प्रचार गरे पनि पोखरेल कहिल्यै अध्यक्ष बन्न नसक्ने देखिएको छ । केपी ओलीसँग प्रतिस्पर्धा नगरी सहमतिकै आधारमा नेतृत्व हस्तान्तर हुने पोखरेलको अपेक्षा देखिन्छ । तथापि आगामी महाधिवेशनमा केपी ओली आफैं अध्यक्ष बन्ने सम्भावना सकिएको छैन । एमालेमा कार्यकारी भूमिकाका लागि ७० वर्षे उमेर हदका कारण महासचिव ईश्वर पोखरेललाई धक्का लाग्ने देखिएको छ ।

    आगामी महाधिवेशनमा ओली नै दोहोरिए भने पोखरेल कहिल्यै एमालेको अध्यक्ष बन्न नपाउने भएका छन् ।  किनभने, ६८ वर्षीय महासचिव पोखरेल ११ औं महाधिवेशनमा पुग्दा ७० वर्षे उमेर हदका कारण पार्टीको कार्यकारी भूमिकाका लागि अयोग्य भइसक्नेछन् ।  एमालेमा ७० वर्षे उमेर हद कायम राख्ने प्रस्तावित विधान पारित भएमा महासचिव पोखरेलका लागि पार्टीको नेतृत्वमा पुग्न १० औं महाधिवेशन नै अन्तिम अवसर हुनेछ । त्यसैले ७० वर्षे विधानको प्रावधान लागू भएमा पोखरेलले कार्यकारी भूमिका पाउन १० औं महाधिवेशनलाई नै अन्तिम अवसरका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ ।

    तर, अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा पनि अध्यक्ष पदमा दाबी गरेको अवस्थामा भने पोखरेलले पार्टीको नेतृत्वमा पुग्ने सपना त्याग्नुपर्ने देखिन्छ । अध्यक्ष ओली आगामी फागुनमा मात्र ७१ वर्ष लाग्ने भएकाले १० औं महाधिवेशनमा ७० वर्षे उमेर हद लागू भएको अवस्थामा समेत उनलाई प्रमुख कार्यकारी पदमा पुग्ने बाटो छेकिँदैन । १० औं महाधिवेशनमा ७० वर्षे उमेर हद लागू भएर ओलीले नै पुनः नेतृत्वका लागि दाबी गरेको अवस्थामा भने पोखरेलसहित सुवास नेम्वाङ, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा लगायतका नेताहरु प्रमुख कार्यकारी पदमा पुग्ने बाटो सदाका लागि छेकिन्छ ।

    १० औं महाधिवेशनबाट ओली नै अध्यक्ष बनेको अवस्थामा ७० वर्षे उमेर हदका कारण ११ औं महाधिवेशनदेखि प्रमुख कार्यकारी पदमा पुग्ने बाटो छेकिने नेताहरुमध्ये पोखरेल नै पार्टी नेतृत्वको प्रबल दाबेदार मानिँदै आएका छन् । पार्टीको महासचिव भइसकेका, सरकारमा उपप्रधानमन्त्री रहिसकेका उनी एमालेको अध्यक्ष र एमालेबाट प्रधानमन्त्री पदका लागि आकांक्षा राख्ने प्रमुख नेता हुन् ।

    विगतमा उनले निर्वाह गरेका भूमिका र पार्टीमा उनको ‘पोजिसन’का आधारमा पनि अन्य प्रतिस्पर्धीको तुलनामा पार्टी अध्यक्षका लागि उनी उपयुक्त विकल्पका रुपमा स्थापित हुँदै आएका थिए । तर, १० औं महाधिवेशनबाट ओलीले नै पार्टी नेतृत्व लिएको अवस्थामा पोखरेलको सक्रिय राजनीति प्रमुख कार्यकारी पदमा नपुगी अन्त्य हुने देखिन्छ ।

    त्यसो त, अध्यक्ष ओलीले आफू युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने पक्षमा रहेको बताउँदै आएका छन् । तर हालै पार्टी विभाजन भएको र देशमै एक्लो विपक्षी बनेर सत्तारुढ गठबन्धनलाई चुनौती दिइरहेको अवस्थामा कार्यकर्तापंक्तिले फेरि पनि ओलीकै नेतृत्व खोज्नेमा कुनै शंका छैन । यस्तो अवस्थामा ओलीले आफू अब नेतृत्वमा दाबी नगर्ने भनेर १० औं महाधिवेशनबाटै दोस्रो तहका नेताका लागि बाटो खोलिदिनुपर्ने वा अर्को विकल्पका रुपमा दोस्रो तहका नेताले ओलीसँग नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा १० औं महाधिवेशनमा यी दुवै विकल्पको सम्भावना निकै कम देखिन्छ ।

    लामो समय ओलीको निकट रहेर भूमिका निर्वाह गर्दै आएका पोखरेलले १० औं महाधिवेशनमा ओलीलाई नेतृत्वका लागि चुनौती दिन्छन् भनेर एमाले पंक्तिमा कसैले पनि विश्वास गर्न सकेको छैन । त्यसैले ओलीकै सहयोगीका रुपमा रहँदै आएका पोखरेलले १० औं महाधिवेशनमा पनि ओलीलाई नै अध्यक्ष बनाउन सहयोगी भूमिका निर्वाह गर्दै पार्टीको प्रमुख कार्यकारी पदमा पुग्ने आफ्नो अवसर त्याग्नबाहेक अर्को विकल्प नरहने जानकारहरु बताउँछन् । अध्यक्ष ओलीले १० औं महाधिवेशनबाट पनि पार्टीको नेतृत्व लिएको अवस्थामा पोखरेल, नेम्वाङ, रावल, शाक्य लगायतका दोस्रो तहका नेताहरु प्रमुख कार्यकारी हुने दौडबाट स्वतः बाहिरिएको अवस्थामा ११ औं महाधिवेशनमा भने युवा पुस्ताका लागि नेतृत्वको अवसर खुल्ने छ ।

    ११ औं महाधिवेशनका लागि विष्णु पौडेल, सुरेन्द्र पाण्डे, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, घनश्याम भुसाल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु अध्यक्षका लागि प्रतिस्पर्धामा आउन सक्छन् । तर, तेस्रो धारमा रहेका ओली विरोधी समूहलाई भने कुनै पनि स्थान दिने पक्षमा छैनन् ।

    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.