काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आइतबार पनि बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्ने बैठकमा राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा आएको सुझावमा छलफल हुनेछ ।
नेताहरूको उक्त सुझावको पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । यसअघि शनिवार बसेको बैठकमा नेताहरूले प्रतिवेदनमाथि आफ्ना सुझाव दिएका थिए ।
केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि जारी छ । आजको बैठकमा आगामी असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशन बारे थप छलफल हुनेछ ।
