• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

एनआरएनएको लडाइँ, कसको पर्ला पल्ला भारी ?


  •   आइतबार, असोज १०, २०७८ मा प्रकाशित
  • काठमाडौँ । कात्तिक ३ (अक्टोबर २०) मा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा अध्यक्षका लागि त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ । चुनावका लागि अमेरिका निवासी रविना थापाले आफ्नो टीमसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

    Advertisement

    अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यले आइतबार काठमाडौंमा एक औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गर्न लागेकी छन् । त्यस्तै अर्का प्रत्यासी डा बद्री केसीले पनि काठमाडौंबाटै उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।
    विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्थाका रुपमा परिचित एनआरएनएको चुनाव आउनुअघि नै नेतृत्वका लागि तीव्र लबिङ भइरहेको छ । यस क्रममा आन्तरिक समीकरण मिलाउन, चुनावी रणनीति तय गर्न, एजेण्डाहरु सेटिङ गर्न र अघोषित प्यानल बनाउन एनआरएनएहरु व्यस्त छन् ।

    जसरी पनि चुनाव जित्ने लक्ष्यका साथ तीनै उम्मेदवारले आ–आफ्नो पक्षमा माहौल बनाइरहँदा दुई उम्मेदवारले हार्ने निश्चित  छ । तर, कसले हार्छ, अहिले नै भन्न सकिँदैन । चुनाव नजिकिएसँगै राजनीतिक दाउपेच, गुटबन्दी र गठबन्धनको प्रयास पनि भइरहेको देखिन्छ ।

    संस्थापन पक्षका निकट उम्मेदवार बद्री केसीलाई एनआरएनएकै केही प्रभावशाली व्यक्तित्व र एमालेको समर्थन रहेको छ भने कुल आचार्यलाई काँग्रेस र माओवादीको समेत समर्थन छ । उनलाई एमालेकै माधव नेपाल निकटस्थ एनआरएनएहरुको पनि भोट झर्ने अनुमान गरिएको छ । यसैबीच, काँग्रेस निकट नै मानिने रविनाको समेत उम्मेदवारी परेपछि एनआरएनएको चुनाव रोचक बन्ने निश्चित रहेको एक एनआरएनए अभियन्ताले जानकारी दिए ।

    को हुन् रविना थापा ?

    वर्तमान अध्यक्ष कुमार पन्त नेतृत्वको कार्यसमितिकी उपाध्यक्ष हुन् रविना थापा । थापाले एनआरएनएको २०२१–२३ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएकी छन् । थापाको टीमबाट उपाध्यक्षमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

    अमेरिका निवासी थापा सन् २०१५ देखि २०१७ सम्म अमेरिका राष्ट्रिय समन्वय परिषद (एनसीसी) की उपाध्यक्ष थिइन् । जापानमा रहँदा उनी सामाजिक क्षेत्रमा सक्रिय थिइन् । पछि अमेरिका पुगेर एनआरएनएसँग जोडिएकी हुन् । उनको नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय छ ।

    अहिले एनआरएनमा कुल सदस्य १ लाख ५ हजार मात्र रहेकोमा आफू अध्यक्षमा निर्वाचित भए संघको सदस्य संख्या १५ लाखसम्म पुर्याउने थापाले बताएकी छिन् ।

    विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको थापाले बताएकी छिन् ।  विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपबाट नेपालमा धेरैजनालाई सिपयुक्त बनाउन सकिने उनको भनाइ छ ।
    रविनालाई काँग्रेसकै एउटा समूहले साथ दिएको छ ।
    थापाले यसपटक चुनाव जितिन् भने उनले एनआएनएको पहिलो महिला अध्यक्षको इतिहास रच्नेछिन् ।

    कुल आचार्य को हुन् ?

    बेलायतमा मूलतः रेस्टुरेन्ट व्यवसायमा जमेका आचार्यको यो दोस्रो प्रयास हुनेछ । अघिल्लो कार्यकालमा उनी कुमार पन्तसँग अध्यक्षमा पराजित भएका थिए ।

    पर्वतको जलजलामा जन्मिएका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गरेका छन् । उनी सन् २००३ देखि गैरआवासीय नेपाली सङ्घको अभियानमा आवद्ध छन् ।
    आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए । यस्तै सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए ।

    आचार्यले आइतबार उम्मेदवारी घोषणा गर्नुअघि गृहजिल्ला पर्वत पुगेर आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका थिए । जसअनुसार उनले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीको भावनाअनुसार संस्थालाई मर्यादित र विश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाए । प्रजातान्त्रिक खेमाकै एउटा समूहको साथ नपाए पनि कुल आचार्यले नेपाली काँग्रेसबाट संस्थागत साथ पाएका छन् । काँग्रेसले आचार्यलाई सघाउने घोषणा गरिसकेको छ ।

    डा बद्री केसी को हुन् ?

    काठमाडौंको फर्पिङमा जन्मिएका केसी एनआरएनएभित्र बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् । रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी भएका उनले एनआरएनएलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइनुपर्नेमा जोड दिँदै आएका छन् । यद्यपि उनी आफैंपनि एमालेको समर्थनमा एनआरएनएको अध्यक्ष बन्न लागेका छन् ।

    केसीले एनआरएनएको संस्थागत सुद्धीकरण, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिवद्धता जनाउँदै आएका छन् । यस्तै, उनले संस्थामा दोस्रो पुस्ताको सहभागितामा पनि जोड दिँदै आएका छन् ।

    संस्थामा केसी सन् २००३ देखि निरन्तर छन् । डा केसी २००७ सम्म आइसीसी रुसको सदस्य थिए । २००७ देखि ००९ सम्म आइसीसी रुसको महासचिव भएर काम गरे । २००९ देखि दुई कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्य भए । २०१३ –२०१५ मा कोषाध्यक्ष चयन भए । त्यसपछिका दुई कार्यकाल महासचिव र हाल कुमार पन्तको कार्यसमितिमा उपाध्यक्ष छन् । केसीले बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पीएचडी गरेका छन् ।

    वौद्धिक व्यक्तित्वका परिचित केसीलाई यसपटक केपी ओली नेतृत्वको एमालेले बलियो साथ दिने संकेत देखिए पनि एमाले फुटेका कारण केसीलाई एमाले समर्थकहरुको सबै भोट नझर्न सक्छ ।

    आइतबार, असोज १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.