• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कांग्रेस महाधिवेशन: दाङका दश पालिकामा एक जना महिला पनि आएनन् नेतृत्वमा


  •   आइतबार, असोज १०, २०७८ मा प्रकाशित
  • नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत दाङका दश वटै पालिकाको निर्वाचन परिणाम सार्वजनिक भएको छ।

    Advertisement

    जिल्लाका दश पालिकामध्ये एउटामा पनि महिला नेतृत्वमा आएनन्। जिल्लाका तीन गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भए पनि त्यहाँ पनि पुरुषमात्रै आएका छन्।

    मतदानबाट नेतृत्व चयन भएका थप सात स्थानमा कुनै पनि पालिकामा महिला प्रतिस्पर्धाका लागि अग्रसर भएनन्। दाङमा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका छन्। सभापति पदबाहेक सचिव तथा उपसभापति जस्ता कुनै पनि पदमा महिला आउन सकेनन्।

    दाङमा कतै पनि महिलाहरू नेतृत्व लिन अग्रसर हुन नसक्नु सुखद पक्ष मान्न नसकिने नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बताए।

    उनले आन्तरिक निर्वाचन भए पनि त्यो साह्रै खर्चिलो र भड्किलो हुनु, महिलाहरू निर्वाचनमा अनावश्यक खर्च गर्न तयार नहुनु, घर-परिवारले समेत नेतृत्वमा पठाउने चाहना नराख्नुजस्ता कारणले महिला नेतृत्व लिन अग्रसर नभएको हुन सक्ने तर्क गरे। पार्टीको १४ औं महाधिवेशनबाट पालिकास्तरीय निर्वाचनमा एक जना महिला पनि नेतृत्वमा आउन नसक्नुले उनीहरूको उपस्थिति पार्टीमा ‘शून्य’को स्थितिमा छ भन्ने स्पष्ट भएको सभापति खड्काले बताए।

    नेपाली कांग्रेसकी नेतृ तथा महिला अधिकारकर्मी सुष्मा गिरीले निर्वाचन महिलामैत्री नहुँदा महिला नेतृत्वमा आउन नसकेको बताइन्।

    ‘सामाजिक मूल्य-मान्यताले गर्दा पनि महिला नेतृत्व लिन सक्ने अवस्थामा छैनन्,’ गिरीले भनिन्, ‘महिला नेतृत्वको लागि अगाडि बढ्न खोज्दा दिन नमान्ने प्रवृत्ति पुरुषमा हाबी छ। बिगारेकै पुरुषवादी सोचले हो।’

    गिरीले सभापति नभए पनि उपसभापति वा सचिव कुनै पनि पदमा एक ठाउँमा पनि महिला नआउनु चिन्ताको विषय भएको बताइन्।

    कहाँ कसले जिते?

    शनिबार भएको निर्वाचनबाट तुलसीपुर उपमहानगरपालिकामा ४१ वर्षीय सुरेश हमाल र घोराही उपमहागनरपालिकामा ३१ वर्षीय तीलक रावत निर्वाचित भएका छन्। हमाल यातायात व्यवसायी क्षेत्रका नेता हुन् भने रावत यसघि नेविसंघको क्षेत्रीय सभापति थिए। हमाल पार्टीभित्र रामचन्द्र पौडेल पक्षधर हुन् भने रावत सभापति शेरबहादुर देउवा पक्षधर हुन्।

    त्यस्तै लमही नगरपालिकामा ३० वर्षीय सन्तोष बुढाथोकीले हजुर बुवा उमेरका ७९ वर्षीय शिवु चौधरीलाई पराजित गर्दै नगर सभापतिमा निर्वाचित भएका छन्। बुढाथोकी तरूण दलका नेता हुन्। नगर सभापति जितेका बुढाथोकी देउवानिकट हुन्।

    दंगीशरण गाउँपालिकामा पौडेल पक्षधर शम्भु गिरी निर्वाचित भएका छन्। गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीका नातेदार र उनकै पुर्ख्यौली गाउँका पनि हुन्।

    बबई गाउँपालिकामा पनि निर्वाचनबाट पौडेल पक्षधर प्रकाश बस्नेत विजयी भएका छन्।

    निर्वाचनबाटै राजपुर गाउँपालिकामा नरेन्द्र भण्डारी विजयी भएका छन। भण्डारी देउवा प्यानलका हुन्। त्यस्तै गढवा गाउँपालिकामा मतदानबाट किरण पौडेल विजयी भएका छन्। उनी पनि देउवा प्यानलका हुन्।

    यीबाहेक लुम्बिनी प्रदेशको केन्द्र तोकिएको राप्ती गाउँपालिकाको सभापतिमा वडा नं. ७ का वडाध्यक्ष विद्याशरण चौधरीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। उनी पौडेल प्यानलका हुन।

    त्यस्तै बंगलाचुली गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको थियो। त्यहाँ जागेश्वर अधिकारीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ। अधिकारी देउवा प्यालनका मानिन्छन्।

    त्यस्तै शान्तिनगर गाउँपालिकामा पनि झलक केसीको नेतृत्वमा सर्वसम्मत चयन गरिएको छ। केसी पार्टीभित्र पौडेल प्यानलका मानिन्छन्।

    आइतबार, असोज १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.