• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आत्मनिर्भर भनिएको धनुषामा तरकारी आयात बढ्दाे


  •   आइतबार, असोज १०, २०७८ मा प्रकाशित
  • प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका बासिन्दा तरकारी बालीका लागि समीवर्ती पहाडी जिल्ला र छिमेकी देश भारतमा निर्भर रहँदै आएका छन् । चैतको अन्त्यदेखि असार आउनुभन्दा अघिसम्म जनकपुरधामका हाटबजारमा पहाडी जिल्लाहरू मकवानपुर र सिन्धुली तथा भारतबाट आउने काउली, बन्दा, टमाटर, मुला, गाजर, काक्रो, भेँडेखुसार्नी आदि तरकारीबाली बिक्रीवितरण हुने गर्छ ।
    असारपछि चैतसम्म वैशाख–जेठसम्म भने जनकपुरधाम सदरमुकाम रहेको जिल्ला धनुषामा बन्दा, काउली, टमाटर, भ्यान्टा, मटर, काक्रो, परवल, लौका, सोहिजन, ओल फर्सी आदि प्रशस्त उत्पादन हुने हुँदा यस मौसममा जिल्लामा तरकारीबालीको आयात न्यून हुने कृषि ज्ञान केन्द्र धनुषाले जनाएको छ ।
    जनकपुरधामका बजारमा बिक्री हुने मुख्य तरकारीबाली धनुषाका क्षिरेश्वरनाथ नगरपालिका, सबैला नगरपालिका, बटेश्वर गाउँपालिका, सहिदनगर नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका आदिबाट आउने गर्छ । जिल्लाको तरकारी खेती हुने यी क्षेत्र उत्तरपश्चिम र उत्तरपूर्वी भेग हुन् । जिल्लाको दक्षिणी भेगमा पर्ने देशकै सबैभन्दा होचो सतह मुखियापट्टि मुसहरनियाँमा तरकारी खेती हुने गर्छ ।
    ‘उत्तरीभेगमा जमिनको सतह अग्लो रहने हुँदा बर्खायाममा समेत तरकारी खेती हुनेगर्छ भने दक्षिणी क्षेत्रमा सतह होचिँदै गएकाले बर्खामा धानबाली हुने र हिउँदमा तरकारी खेती हुने गर्छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख शंकर साहले बताउनुभयो ।
    धनुषाका किसानहरू मिहिनेती भएकाले पनि जिल्ला करिबकरिब तरकारीबालीमा आत्मनिर्भर रहेको उहाँको भनाइ छ । ‘कुनैकुनै मौसममा धेरै ठाउँका किसानको र व्यावसायिक खेती गर्नेहरूको उत्पादन एकै समयमा हुँदा बाली निर्यात हुन नसक्दा कुहिएर जान्छ भने कहिलेकाहीँ प्रशस्त उत्पादनको बजार निकटवर्ती जिल्लाहरूसमेत रहने गरेका छन् ।
    जनकपुरधाम नगरपालिकाको जनसँख्या एक लाख ७३ हजार नौ सय २४ छ । धार्मिक र पर्यटकीय क्षेत्र तथा प्रादेशिक राजधानी भएकाले यहाँ हजारौँका सँख्यामा मानिसको आवतजावत तथा बसाइ हुन्छ । यस्तोमा जनकपुरधाममा ठूलो परिमाणमा तरकारीको खपत रहेको अनुमान गर्न सकिन्छ ।
    ‘जनकपुरधाममा तरकारीबाली खपतसम्बन्धी अद्यावधिक तथ्याङ्क कतै पनि उपलब्ध छैन,’ कृषि ज्ञान केन्द्र धनुषाका बागवानी संरक्षण अधिकृत प्रमोदकुमार यादवले भन्नुभयो, ‘तर जिल्लामा उत्पादन बढी हुने र अन्यत्र निर्यातसमेत नहुने हुँदा जिल्ला सदरमुकाम जनकपुरधाममा खपत उच्च रहेको मान्न सकिन्छ ।’ उहाँका अनुसार स्थानीय उत्पादनबाट स्थानीय बजारमा अपुग भएपछि अन्य जिल्ला र भारतबाट समेत उल्लेख्य परिमाणमा तरकारी आयात हुनेगर्छ ।
    आर्थिक वर्ष २०७५ २०७६ को तथ्याङ्कअनुसार जिल्लामा आठ हजार दुई सय हेक्टर जग्गामा वार्षिक ९४ हजार तीन सय मेट्रिक टन मुख्य तरकारीबाली उत्पादन हुन्छ । जसमा सबैभन्दा बढी क्षेत्रफल नौ सय १० हेक्टरमा ११ हजार छ सय ३९ मेट्रिक टन काउली र सबैभन्दा कम क्षेत्रफल चार हेक्टरमा ३३ मेट्रिक टन गाजर उत्पादन हुन्छ । उत्पादनमात्र उल्लेख गर्दा सबैभन्दा बढी १२ हजार नौ सय ९६ मेट्रिक टन प्याजको उत्पादन छ । वर्षेपिच्छे यो तथ्याङ्क कुनै पनि तहका सरकारबाट अद्यावधिक गरिएको छैन ।
    जिल्लामा प्याजको उत्पादन बढी भए त्यसभन्दा बढी खपत हुनेहुँदा प्याजका लागि यहाँका हाटबजार भारतबाट आयात हुने सामग्रीमै भर पर्ने गर्छ । आलुको स्थिति पनि यस्तै छ । अझ यहाँका किसानहरू आलु खेती गर्दै गर्दैनन् । ‘लागत मूल्य बढी र बिक्री मूल्य कम हुँदा धनुषाका किसानहरू आलुप्याज उत्पादनतर्फ आकर्षित हुन सकेका छैनन्,’ कृषि ज्ञान केन्द्रका प्रमुख साहले भन्नुभयो ।
    कोदालोले माटो खन्ने, हातले बिउ रोप्ने, कोदालोले छोप्ने, हातले गोडमेल गर्ने र फेरि हातले नै बिउ टिप्ने परम्परागत ढंगले हुने आलुखेती भारतमा कम लागतमा हुने आधुनिक खेतीसँग प्रतिस्पर्धा नै गर्न सक्दैन । त्यसैले आलुप्याजमा जनकपुरधामको बजार भारतमा निर्भर छ ।

    Advertisement

    आइतबार, असोज १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.