नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गैंडाकोट नगर कार्यसमितिको सह सचिब पदमा श्री कृष्ण सापकोटाले उमेद्धवारी पेश गर्नु भएको छ । ‘ युवाको काधमा काँग्रेस , युवा कै काधमा देश ‘ भन्ने नारा लिएर स्वतन्त्र उमेद्धवारी दिनु भएको उहा गुठबंधी रहित संगठित काँग्रेस निर्माणमा आफू कटिबद्ध रहने बताउनु भयो ।
आफ्नो मातृभूमीमा केही गर्नु पर्छ भनी अमेरिकाको सुख सयलको जीबन परित्याग गर्दै आफ्नो अध्ययन पूरा गरी नेपाल फर्किनु भएको उहाँ स्वस्थ राजनीति बाटै देश बदलनूपर्छ भन्ने अठोटमा हुनु हुन्छ ।
राजनैतिक पारिवारिक संस्कारबाट हुर्कनु भएको उहाँले सह सचिब पदमा ससक्त दबेदारी दिएको नारायणी पोस्टलाई जानकारी दिनु भयो ।
