काठमाडौं । गठबन्धनको सरकार बनेको लामो समयबित्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । अब भने प्रधानमन्त्री देउवाले मन्त्रीपरिषदलाई पूर्णता दिन कस्सिएका छन् ।
गठबन्धनका दलहरुले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम दिन थालेका छन् । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिए लगत्तै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । एसबाट ६ जना नेताहरु सरकारमा सहभागी हुने भएका छन् ।
अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा जाने ६ जना मन्त्रीहरुको नाम पठाएका छन् । आइतबार बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीबाट सरकारमा जाने ६ जना मन्त्रीको नामको सूची बुझाएको एक नेताले बताए ।
मन्त्री हुनेहरुमा प्रेमबहादुर आले, मेटमणि चौधरी, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ र प्रेम आले रहेका छन् ।
