• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

दीपकराज जोशी:जसले बोर्ड छोडे, पर्यटन छोडेनन्


  •   मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
  • काठमाडौं । सम्भवतः पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मध्ये उनी मात्र हुन, जसले आफ्नो पदावधि सकिएपछि पनि पर्यटन क्षेत्रमै कृयाशील छन् । बोर्डको कार्यकाल सकिएपछि अन्य ठाउँमा रोजगारीमा जाने वा अरु पेशा व्यवसायमा अन्य सीईओहरु लागेको भए पनि दीपकराज जोशी भने पर्यटन क्षेत्रमै रमाइरहेका छन् ।

    Advertisement

    २०७६ साल पुस ७ गते चार वर्षेकाल पूरा गरेका पर्यटन बोर्डका सीईओ जोशीको तीन महिनाको लागि म्याद थप भएको थियो । पछि उनले सीईओका लागि प्रतिस्पर्धा गरे पनि छनौट चरणबाटै बाहिरिएका थिए ।

    छनौट चरणबाट बाहिरिए पनि उनले पर्यटन क्षेत्रलाई माया भने मारेनन् । झन उनी यस क्षेत्रलाई ‘प्रमोशनका’ लागि खुल्ला रुपमा अहोरात्र लागिरहेका छन् । बोर्डमा अवधि सकिएपछि उनलाई नयाँ ठाउँबाट जागिरको लागि अफर नआएको भने हैन । तर, उनले चाहेको बोर्डको जिम्मेवारी नपाएपछि कुनै संस्था वा कम्पनीमा गएर काम गर्नुभन्दा खुल्ला रुपमा काम गर्ने सोच बनाए ।

    पर्यटन बोर्डमा पदावधि सकिएको करिब डेढ बर्ष भन्दा बढी भयो । यो बीचमा थुप्रै ठूला ठूला कर्पोरेट हाउसहरु,निजी क्षेत्रहरुले जागिरका लागि प्रस्ताव आएको थियो । तर, म त्यहाँ गइन । किन कि त्यहाँ जाँदा कम्पनीको निश्चित उद्देश्य पूरा गर्न मात्र काम गर्नुपर्ने हुन्छ । मेरो सोच भनेको त्योभन्दा धेरै नै गर्नुछ । बाहिर बसेर धेरै ठाउँमा गर्न सकिने र आफ्नो उद्देश्यअनुसार चल्न पाउने भएकोले पनि अहिले म कुनै कम्पनीहरुमा आबद्ध नभएको हुँ ,उनले भने ।

    ‘पर्यटन मैले सबैभन्दा बढी माया गरेको क्षेत्र हो, किन कि नेपाल र विदेशमा अथाहा सम्भावना हुँदाहुदै उचित प्रतिफल लिन सकेको छैन, पूर्वसीईओ जोशीले भने, यसलाई उजागर गर्न नसकेकै कारण विडम्बनायुक्त बोध गरेर यो क्षेत्रबाट नेपाललाई साँच्चिकै समृद्ध बनाउन सकिन्छ भन्ने बुझाइको साथ लामो समयदेखि पर्यटन क्षेत्रमा लागिरहेको छु ’ ।

    कोभिड महामारीले पर्यटन क्षेत्रमा अहिलेसम्म नदिएको ठूलो पीडा दिएको छ । पर्यटन भनेकै ‘मुभमेन्टमा’ आधारित क्षेत्र हो । जब मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जादाखेरी त्यहाँ जे जति गतिविधिहरु गर्छन् र त्यहाँ गर्ने खर्चबाट आउने अर्थतन्त्र हो ।

    ‘पर्यटन मैले सबैभन्दा बढी माया गरेको क्षेत्र हो, किन कि नेपाल र विदेशमा अथाहा सम्भावना हुँदाहुदै उचित प्रतिफल लिन सकेको छैन, पूर्वसीईओ जोशीले भने, यसलाई उजागर गर्न नसकेकै कारण विडम्बनायुक्त बोध गरेर यो क्षेत्रबाट नेपाललाई साच्चिकै समृद्ध बनाउन सकिन्छ भन्ने बुझाइको साथ लामो समयदेखि पर्यटन क्षेत्रमा लागिरहेको छु ’ ।

    पर्यटन क्षेत्रले करिब १० लाख भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको छ । अर्को भनेको बैदेशिक मुद्रा आर्जनमा धेरै ठूलो सहयोग गरेको क्षेत्र हो भने वैदेशिक लगानी भित्र्याउने मुख्य क्षेत्र पनि यही हो । वातावरणमैत्री उद्योग भएकोले स्थानीय समुदायहरुलाई समावेश गर्दै उनीहरुलाई पनि फाइदा दिँदै परिचालन गर्न सकिन्छ ।

    ‘संस्कृति र प्रकृतिको संरक्षण गरी आयआर्जन गर्न सकिने भएकोले पनि पर्यटन क्षेत्र अर्को महत्वपूर्ण पाटो हो, यिनै बुझाइहरुको कारण मैले पर्यटन क्षेत्र छोड्न नसकेको हुँँ,उनले भने  ।

    महामारीका बीचमा पर्यटन क्षेत्रका साथीहरुलाई हौसला दिन अवका दिनमा गर्ने योजना, विगतका महामारी र संकट टार्न बनाएका योजनाहरुको बारेमा एकअर्काबीच आदानप्रदान गर्न लागिरहेको उनी बताउछन् ।

    महामारीको बीचमा पनि उनी धेरै गन्तव्यहरुमा घुम्न गएका थिए । ‘म सुरुको बन्दाबन्दीदेखि दोस्रो र तेस्रो चरणको महामारीसम्म पनि घुमिरहेको छु,पूर्वसीईओ जोशीले भने,  करिब ४४/४५ हजार किलोमिटर जति आफै ड्राइभ गरेर यात्रामा निस्किए लकडाउनको बीचमा पनि’ । अहिले पनि नेपालको मूख्य पर्यटकीय गन्तव्यहरु  पोखरा, चितवन, लुम्बिनी, नगरकोट, धुलिखेल, जोमसोम लगाएतका क्षेत्रमा पुगेर आइसकेको छु, उनले भने ।

    महामारी आउनुअघि पर्यटनमा खासगरी भूकम्प र नाकाबन्दीले ल्याएको एक खालको संकटभन्दा केहि फरक देखिएको थियो । त्यसपछिका दिनहरुमा पर्यटन क्षेत्रप्रति मान्छेहरुको लगाव धेरै बढिरहेको देखिन्थ्यो । यो कसरी भयो भन्ने कारणहरु खोज्दैजाँदा भेटिएको उत्तरमा पर्यटन क्षेत्रको पूर्वधारको सिमिततालाई बढाएर फराकिलो बन्दै जानु, राज्य र अन्य निकायले पनि नेपालको पर्यटनको सम्भाव्यताको विषयमा आफ्नो बुझाई बढाइसकिएको र यसलाई प्राथमिकता दिँदै लगेको उनको भनाइ छ ।

    नेपाल संघीयतामा गइसकेपछि प्रदेश र स्थानीय सरकारले पनि पर्यटन क्षेत्रमा ठूलो महत्व दिनुको साथै भ्रमण वर्ष २०२० घोषणा भएकाले त्यो बेला डबल संख्यामा पर्यटक भित्र्याउने महत्वकाँक्षी योजना सहितको आशलाग्दो परिस्थितिका कारण धेरैले उत्साहजनक ढंगले यो क्षेत्रमा भएका र नभएकाले पनि पर्यटनमा लगानी बढाइरहेको अवस्थामा महामारीले त्यसलाई ब्रेक लगाएको उनको भनाइ छ ।

    मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा
    काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने
    प्रधानमन्त्री कार्कीले भनिन्: दिल्ली विस्फोटबाट स्तब्ध छु, दु:खको घडीमा नेपाल भारतको साथमा छ
    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.