चितवनमा मुद्धा मिलाइदिन्छु भन्दै पटक–पटक रकम माग्ने एक जना कानुन व्यवसायी (वकिल)लाई प्रहरीले पक्राउ गरेको छ ।कालिका नगरपालिका वडा नं ५ पदमपुर बस्ने बर्ष ५० को कानुन व्यवसायी रामचन्द्र देवकोटा पक्राउ परेका हुन् ।
उनले आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक पटक फोन सम्पर्क गरी तपाईको नाममा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त परेको छ, उक्त जाहेरी दरखास्त दर्ता नगराई मुद्दा मिलाई दिन्छु भनि रकम माग गरेका थिए ।उक्त सुचनाको आधारमा काननु व्यवसायी रामचन्द्र देवकोटालाई सोमबार नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानको क्रममा उनले प्रतिवादीको रुपमा उल्लेख गरिएका व्यक्तिसंग पटक- पटक फोन सम्पर्क गरि रकम माग गरेको देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । देबकोटा बिरुद्ध ठगी उद्योगमा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
