• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

वाग्मती प्रदेश, साक्षर प्रदेश


  •   मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
  • वाग्मती प्रदेशलाई देशकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको छ । सोमबार एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्दै साक्षरता स्तम्भको अनावरण गर्नुभयो ।

    Advertisement

    साक्षरता कार्यक्रमअनुसार विभिन्न मापदण्डका आधारमा साक्षरताको मूल्याङ्कन गर्दा कम्तीमा ५० प्रतिशत सक्षमता हासिल गर्नसक्ने व्यक्तिलाई साक्षरताको प्रमाण पत्र दिने व्यवस्था छ र त्यस्ता प्रमाण पत्र प्राप्त व्यक्तिहरुको सङ्ख्या ९५ प्रतिशत पुगेका वडा, स्थानीय तह, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गर्ने व्यवस्था रहेको छ । मापदण्डअनुसार वाग्मती प्रदेशमा साक्षरहरुको सङ्ख्या ९७.२२ पुगेपछि साक्षर प्रदेश घोषणा गरिएको हो ।

    मापदण्डअनुसार राष्ट्रभाषा वा मातृभाषाका अक्षरको पढाइ र लेखाइ जानेको, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिलको पढाइ गर्न जानेको, आफ्ना परिवारका नाम उमेर आदिको पढाइ र लेखाइ गर्न जानेको, मोबाइल र क्याल्कुलेटरका अक्षर तथा अङ्क चिनेर प्रयोग गर्न जानेको, ० देखि ९ सम्मको अङ्क वा अक्षर लेख्न र पढ्न जानेको, १ देखि १०० सम्म गणना गर्न जानेको, लेनदेनका हरहिसाब राख्न जानेको, सरल चित्र, पोष्टर, साइनबोर्ड तथा ट्राफिक सङकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरेर तिथिमिति बुझ्न र बताउन सक्ने र बैंक भौचर तथा चेक भर्ने काम गर्न सक्नेलाई साक्षर मानिन्छ ।

    वाग्मती प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार प्रदेशका १३ जिल्लामा रहेको कूल जनसङ्ख्या ५५ लाख २९ हजार ४५२ मध्ये १५ वर्षदेखि ६० वर्षसम्मका उमेर समूहका ३३ लाख ४३ हजार १४४ जना छन् । यसमध्ये ९७.२२ प्रतिशत साक्षर छन् ।

    निर्देशनालयले उपलब्ध गराएको विवरणअनुसार ललितपुर शत्प्रतिशत साक्षरता दरसहित पूर्ण साक्षर जिल्ला भएको छ भने दोलखाको प्रतिशत सबैभन्दा कम रहेको छ । विवरणअनुसार सिन्धुलीको साक्षरता दर ९९.१३ प्रतिशत रहेको छ । त्यस्तै ९८.९७ प्रतिशतसहित मकवानपुर तेस्रो स्थानमा छ । निर्देशनालयले उपलब्ध गराएको विवरणअनुसार धादिङको ९८.४० प्रतिशत, नुवाकोटको ९८.१९ प्रतिशत, सिन्धुपाल्चोकको ९७.६८ प्रतिशत, चितवनको ९७.५०, काठमाडौँको ९६.८८ प्रतिशत, भक्तपुरको ९६.७० प्रतिशत, काभ्रेको ९६.४८ प्रतिशत, रामेछापको ९६.४० प्रतिशत, रसुवाको ९६.२९ प्रतिशत र दोलखाको ९५.३७ प्रतिशत रहेको छ ।

    ‘साक्षर वाग्मती प्रदेश’ घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले शिक्षाका लागि विभिन्न कालखण्डमा भएका कार्यक्रमको परिणामस्वरुप प्रदेशका १५ वर्ष देखि ६० वर्ष उमेर समूहका ९७. २२ प्रतिशत नागरिक साक्षर भएको बताउनुभयो ।

    शाक्यले देशमा भएका सात प्रदेशमध्ये वाग्मती प्रदेश पहिलो साक्षर प्रदेश भएकामा खुसी व्यक्त गर्दै यस कार्यमा खट्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विभिन्न मापदण्डहरुका आधारमा साक्षर घोषणा भए पनि प्रदेशमा ४५ हजार ३४५ जना अझै निरक्षर रहेको विवरण पाएकाले त्यो सङख्यालाई न्यून बनाउँदै शून्यमा झार्नुपर्ने र त्यसका लागि सरकार तथा सरकारी संयन्त्रले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

    कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री विजय सुबेदीले साक्षर प्रदेश घोषणापश्चात् १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरहरुका लागि स्थानीय तहहरुसँग समन्वय गरेर पूर्णसाक्षरता अभियान सञ्चालन गर्ने बताउनुभयो । घोषणा सभामा बोल्दै प्रदेशको शिक्षा विकास निर्देशक चन्द्रप्रसाद लुइँटेलले साक्षर प्रदेश घोषणपूर्व भएका तयारीका बारेमा अवगत गराउनुभयो ।

    मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.