काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकारले पार्टी फुटाउन मात्र अध्यादेश ल्याएको बताएका छन् । मंगलबार नयाँबानेश्वरको अल्फाबिटामा विभिन्न सञ्चार माध्यमका सम्पादकसँग भएको अन्तरक्रियामा ओलीले सो कुरा बताएका हुन् ।
पार्टी फुटाउनकै लागि अध्यादेश ल्याएको भन्दै उनले प्रश्न गरे – ‘पार्टी फुटाउन ल्याएको अध्यादेश नै हो अग्रगमन ?’ यस्तै उनले आफुहरु लोकतान्त्रिक प्रणालीको भविष्य प्रति चिन्तित भएको पनि बताए ।
ताजा जनादेशको आवश्यकता रहेको बताउदै उनले भने – ‘ताजा जनादेश आवश्यक छ । हामी कांग्रेससँग पनि मिल्नुपर्दैन । उहाँहरुले नै निर्वाचन गराए पनि हुन्छ । तर ताजा जनादेशमा जानुपर्छ । ‘
यस्तै ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी)का बारेमा आफुले तत्काल बोल्नुको कुनै अर्थ नभएको बताए । उनले एमसीसी विषयमा गठवन्धन सरकारका दुई नाइकेले जवाफ दिनुपर्ने पनि बताए ।
