काठमाडौं – नेकपा एमालेका नेता लेखराज भट्टले सुदुरपश्चिम प्रदेशको ईन्चार्ज आफू नै भएको दाबी गरेका छन् ।
मंगलबार थापाथलीमा बसेको १० बुँदे सहमति कार्यान्वयनको लागि गठित कार्यदलको बैठकपछि बोल्दै भट्टले सो कुरा बताएका हुन् । उनले सुदुरपश्चिम प्रदेशमा कुनै विवाद नभएको पनि बताउ ।
उनले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने जोड दिदै आज यसबारे गम्भीर छलफल भएको बताए । उनले पार्टीको आन्तरिक एकता अझै बलियो बनाउनु पर्ने पनि बताए ।
